२०८३ बैशाख ६ गते , आईतबार

आध्याश्रीद्वारा चालकलाई तालिम तथा ट्राफिक सचेतना सम्पन्न

sajilo news
परिवेश मिडिया
२०७९ भाद्र १३ गते , सोमबार
आध्याश्रीद्वारा चालकलाई तालिम तथा ट्राफिक सचेतना सम्पन्न

बिर्तामोड । सोनालिका ट्रयाक्टरको आधिकारिक बिक्रेता आध्याश्री ईन्टरनेशनलले चालकलाई तालिम तथा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न गरेको छ । 
झापाको बिर्तामोड-२ स्थित रामचोकमा अवस्थित आध्याश्री ईन्टरनेशनलले आयोजना गरेको कार्यक्रममा झापाका करिव ५० जना भन्दा बढि ट्रयाक्टर चालकहरुको सहभागिता रहेको थियो । 
सोनालिका ट्रयाक्टर विश्वका एक सय पैंतिसबढी देशमा बिक्री हुने जानकारी दिएको थियो ।
ट्रयाक्टर उत्पादन कम्पनी र यसका विशेषताको बारेमा कम्पनीका असिस्टेन्ट सेल्स मेनेजर पप्पु शर्मा र ट्राफिक नियम सचेतना सम्बन्धि जिल्ला ट्राफिक प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि अशोककुमार जवेगुले जानकारी गराएका थिए । ट्रयाक्टर परिचालन सम्बन्धी चालक क्षमता अभिवृद्धि सिनियर सर्भिस मेनेजर मकसुद अन्सारीले सहजीकरण गरेको आध्याश्रीका प्रबन्धक प्रकाश कोइरालाले जानकारी दिए । 
सञ्चालक राजेन्द्र थापाको अध्यक्षता तथा मेची अञ्चल स्पेयर पार्टस् तथा सर्भिस इन्चार्ज सुदिप सुब्बाले संचालन गरेको कार्यक्रममा सह-सञ्चालक उज्जवल भट्टराई, प्रबन्धक निर्देशक अनुशिल थापा, प्रवन्धक प्रकाश कोइरालालगायतको उपस्थिति रहेको थियो  । 

सम्बन्धित समाचार