२०८३ बैशाख ५ गते , शनिबार

क्यान्सर रोगी शिक्षिकाको प्रेरक कथा

सकारात्मक सोँच र उच्च मनोबलले त्रास उत्पन्न हुन दिएन

sajilo news
परिवेश मिडिया
२०७९ श्रावण २९ गते , आईतबार
क्यान्सर रोगी शिक्षिकाको प्रेरक कथा

झापा मेचीनगर नगरपालिका वडा नम्बर स्थित आदर्श माध्यमिक विद्यालयकि शिक्षिका हुन प्रतिमा चापागाईँ २०७८ सालको दशैँ छेकदेखि नै उनको देब्रे हात दुख्न थाल्यो उनले दुखाईको सामान्य उपचार बाहेक अरु केहि गराइन्न कहिले दुख्ने कहिले छाड्ने भएपछि उनले सामान्य होला भनेर महिनासम्म खासै वास्ता गरिनन् लामो समयसम्मपनि दुख्न नछाडेपछि क्यान्सरको आशंकामा बिर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर अस्पतालमा गइन् आफ्नी आमा सानी आमा दुवैजनालाई स्तन क्यान्सर भएका कारण केहि बर्षदेखि वंशाणुगत हुन सक्ने आशंकामा उनले स्तन क्यान्सर पत्ता लगाउने म्यामोग्राम गराउँदै आएकि थिइन् यस पटकपनि म्यामोग्राम गराइन् तर रिपोर्ट सामान्य आएपछि उनी केहि ढुक्क भइन्

रिपोर्ट सामान्य आएपनि उनको मनमा आशंका भने रहिरह्यो, त्यसको एक हप्तापछि उनी काठमाण्डौको ह्याम्स अस्पताल गइन् फागुन २२ गते डाक्टरको परामर्श अनुसार अल्ट्रासाउण्ड एफएनएसी जाँच गराइन् रिपोर्ट शंकास्पद आयो उनी थप जाँचका लागि भक्तपुर क्यान्सर अस्पताल गइन् त्यहाँ बायोप्सी जाँच गराइन् करिब हप्तापछि रिपोर्ट आयो रिपोर्टमा स्तन क्यान्सर भएको पुष्टि भयो लामो समय रिपोर्टको लागि कुर्नु परेकाले त्यहि बिचमा क्यान्सर पुष्टि भएपनि केहि हुन्न भनेर पारिवारिक मानसिक रुपमा आफू तयार भइसकेका कारण पोजेटिभ रिपोर्ट आएपनि खासै तनाव नभएको उनी बताउँछिन् श्रीमानको सकारात्मक सोँच पूर्ण साथले आफू मानसिक रुपमा क्यान्सर परास्त गर्न तयार भएको उनको भनाई

डराएर आत्तिएर समस्याको समाधान हुँदैन, समस्याभन्दा समाधान तिर फोकस हुनुपर्छ भन्ने लाग्यो, उनले भनिन्, ‘पहिलादेखि नै योगध्यान मेडिटेसन गर्ने गरेका कारणपनि आफुले आफुलाई सम्हाल्न गाह्रो भएन सकारात्मक सोँच मेडिटेसनले यो केहि होइन भन्ने तर्फ आफूलाई मोडेको उनी बताउँछिन्

उनका श्रीमान् खिवराज दाहाल यस अघि नै दुई जना परिवारका सदस्यलाई क्यान्सर हुँदा उपचारमा सामेल भएका कारण यसको विधी प्रक्रियाका बारेमा पूर्ण जानकार थिए कक्षा १२ कक्षा मा अध्ययनरत दुई छोराहरुको मेचीनगरस्थित कोठामा व्यवस्थापन गरेपछि उनीहरु अपरेशन गराउने तर्फ लागे चैत्र २२ गते भक्तपुर क्यान्सर अस्पतालमा उनको सफल शल्यक्रिया भयो उनमा भएको पूर्ण आत्मविश्वास, रोगप्रतिरोधात्मक क्षमता सकारात्मक सोँचका कारण जम्मा चार साइकलमात्र केमोथेरापी डाक्टरले लेखिदिएको श्रीमान दाहालले बताए एक महिनाको आरामपछि वैशाख तेस्रो हप्ता उनको पहिलो केमोथेरापी भयो पहिलो पटक केमोथेरापी दिँदा भने उनलाई केहि असहज महशुस भएको बताइन् ललितपुरको इमाडोलस्थित दाजुको कोठामा बसेर उपचार गराइरहेका उनीहरु पहिलो केमोथेरापी सकेर कोठा फर्कन ट्याक्सी खोज्न जान लागेका श्रीमानलाई रोक्दै गाडी चढ्ने ठाउँसम्म हिडेरै जाउँ, त्यहाँ लालमोहन खाएर जाउँला न भन्दा श्रीमान छक्क परेको बताउँछन्

तीन हप्ताको अन्तरालमा दोस्रो केमोथेरापी गराएपश्चात उनीहरु मेचीनगर नै फर्किए आमालाई कस्तो भयो होला भनेर छोराहरु चिन्तित भए होलान्, जहाँभएपनि बस्नु नै हो भनेर यतै आएको चापागाईँले बताइन् चार वटै केमोथेरापी सकेर आएपछि उनी केहि दिन विद्यालयमा हाजिर समेत भइन् विरामी भएका कारण विद्यालयले उनलाई सुविधास्वरुप पढाउन नलगाएपनि नियमित विद्यालयमा हाजिर भएको उनले बताइन्

विद्यालयका प्रधानाध्याक कृष्ण पुरीले चापागाईँमा क्यान्सर लागेको महशुस नै नभएको बताउँछन् मैले त्यत्तिको कन्फिडेन्स भएको मान्छे देखेकै थिइँन, उनले भने,‘कक्षा लिन्छु भन्दै हुनुहुन्थ्यो तर संक्रमण होला भनेर हामीले कक्षा चाँहि नलिनुस भन्यौँ चापागाईँको पढाइ समेत राम्रो रहेको प्रधानाध्यापक पुरीले बताए उच्च मनोबलका कारण चापागाईँले सहजै रोगसँग लड्न सकेको पुरी बताउँछन्

२०३३ सालमा जन्मिएकी चापागाईँ इलामको जितपुरमा हुर्किएकी हुन् २०६० सालदेखि शिक्षण पेशामा आबद्ध उनले इलामको लोक्साङस्थित पूर्णस्मारक प्राविबाट करिअर शुरु गरेकी हुन् २०६२ सालदेखि इलाम नगरपालिकास्थित सत्यनारायण प्राविमा १२ बर्षसम्म पढाइन् उनी २०७४ सालमा प्रावि द्वितीयमा लिखित बढुवा भएकी छिन् । २०७४ देखि २०७६ सम्म इलाम नगरपालिका स्थित सिद्धेश्वरी आधारभूत विद्यालयमा पढाएकी उनी त्यसयता झापाको मेचीनगरस्थित आदर्श माविमा कार्यरत छिन् दुई छोरा श्रीमानका साथ उनी विद्यालय नजिकै भाडामा बस्दै आएकी छिन् । उनी पवित्राभेषराज खतिवडा स्मृति उत्कृष्ट शिक्षक २०७८ बाट पुरस्कृत समेत भएकि छिन् ।

केमोथेरापी सकिएर एक महिना विद्यालयमा हाजिर भएकी उनको साउन ३० गतेदेखि रेडियोथेरापी रेडियोथेरापीको अघिल्लो दिनसम्मपनि विद्यालयमा हाजिर भएकी चापागाईँ विद्यार्थीहरुसँग कुरा गर्दा रोग लागेको नै बिर्सने बताउँछिन् घरपरिवारको माया पूर्ण साथका कारण आफू बिरामी भएको भन्ने नै नलाग्ने उनको भनाई

साउन ३० गतेदेखि हप्ताको पाँच दिनका दरले १९ पटक रेडियोथोरापी सकेपछि आफू पुनः विद्यालयमा फर्कने कक्षा लिने चापागाईँले बताइन् उपचार कै बिचमा उनले स्नातकोत्तर तहको परीक्षासमेत लेखेकी छिन्

सम्बन्धित समाचार