२०८३ असार १६ गते , मंगलबार

४१ प्रतिशत नेपालीमात्र बीमाको पहुँचमा

sajilo news
परिवेश मिडिया
२०७९ श्रावण २८ गते , शनिबार
४१ प्रतिशत नेपालीमात्र बीमाको पहुँचमा

काठमाण्डौ नेपालमा ४१.२० प्रतिशत नागरिकमा बीमाको पहुँच पुगेको बीमा समितिले जनाएको समितिले आर्थिक वर्ष २०७८/७९ सम्मको बीमा व्यवसायको प्रारम्भिक विवरण सार्वजनिक गर्दै म्यादी, लघु म्यादी वैदेशिक रोजगारी जीवन बीमा लेखसहित कुल जनसंख्या मध्ये बीमाको दायरामा आएको जनसंख्या ४१.२० प्रतिशत पुगेको जनाएको

अघिल्लो आर्थिक वर्ष २०७७/७८ को अन्त्यमा २७.५३ प्रतिशत रहेको बीमाको दायरामा आएको जनसंख्या एक वर्षमा नै १३.६७ प्रतिशतले बढेको बीमा समितिको दाबी

नेपाल सरकारले वैदेशिक रोजगारीमा जानेका लागि अनिवार्य गरेको वैदेशिक रोजगारी जीवन बीमा लेख बाहेक नै ३८.२६ प्रतिशत नागरिकमा बीमाको पहुँच पुगेको समितिको तथ्यांक अघिल्लो आर्थिक वर्षको अन्त्यमा यस्तो संख्या २५.२३ प्रतिशत मात्रै रहेको थियो

बीमा गर्ने नागरिकमध्ये ठूलो संख्या म्यादी बीमाको रहेको समितिको तथ्यांक म्यादी लघु म्यादी बीमालेख हटाउँदा बीमाको दायरमा रहेको जनसंख्या १६.६२ प्रतिशत रहेको बीमा समितिको प्रवक्ता तथा कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए

लगानी अथवा सावधिक बीमा भन्दा म्यादी बीमामा नागरिकको आकर्षण उच्च देखिएको बीमा समितिको तथ्यांकले देखाउँछ म्यादी बीमामा बीमितलाई निश्चित अवधिसम्मका लागि जोखिम बहन गर्ने सुविधा उपलब्ध गराउँछ यसमा बीमा गर्नेले तिरेको प्रिमियम रकम फिर्ता हुँदैन तर, बीमितको कुनै दुर्घटना भयो भने उसको परिवारले दाबी भुक्तानी पाउँछ

सावधिक अर्थात् लगानी जीवन बीमा योजनामा भने बीमितले तिरको बीमा शुल्कका साथै कम्पनीले बीमालेख खरिद गर्नेलाई दिने बोनस रकम समेत थप भएर बीमा अवधि समाप्त भएपछि एकमुष्ट रकम प्राप्त गर्छ सावधिक बीमा योजना भनेको एक प्रकारको बचत पनि हो यस्तो बीमा गर्ने नागरिकको संख्या भने तुलनात्मक रुपमा कम रहेको देखिन्छ

२०८९ असार मसान्तसम्म कुल जीवन बीमालेख संख्या करोड ३० लाख ९९ हजार ६३२ पुगेको समितिले जनाएको कुल जनसंख्या करोड लाख १२ हजार ४९८ लाख आधार मानेर उक्त तथ्यांक तयार पारिएको समितिले जनाएको स्थानीय तहसम्म बीमा कम्पनीको उपस्थिति पुग्दा बीमा गर्ने नागरिकको संख्या पनि बढेको समितिको प्रवक्ता समेत रहेका कार्यकारी निर्देशक पौडेलले बताए

समितिले स्थानीय तहसँग मिलेर जनचेतनामुक कार्यक्रम गरिरहेको भने, बीमा कम्पनी पनि गाउँ गाउँसम्म पुगेका छन्, उनले भने, ‘बीमा भनेको सुरक्षा हो भन्ने शिक्षा नागरिकमा पनि बढेको , जसले एक वर्षमै बीमा गर्नेको संख्या धेरै बढेको हो बीमा कम्पनीले पछिल्लो समय ल्याएका बीमालेख नेपालीको लागि उपयुक्त रहेकोले पनि बीमा गर्नेको संख्या बढेको उनले बताए

१६.४८ प्रतिशतले बढ्यो बीमाशुल्क

बीमा व्यवसायसँगै बीमाको पहुँच पनि बढेको समितिको तथ्यांकले देखाउँछ गत आर्थिक वर्षमा जीवन निर्जीवन बीमा कम्पनीले खर्ब ७७ अर्ब ८१ करोड लाख बीमा शुल्क संकलन गरेको छन् जुन अघिल्लो आर्थिक वर्षको भन्दा १६.४८ प्रतिशतले बढेको बीमा समितिले जनाउको

अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा बीमा कम्पनीहरुले खर्ब ५२ अर्बै ६५ करोड बीमाशुल्क संकलन गरेका थिए बीमाशुल्क वृद्धिमा निर्जीवन बीमा व्यवसायतर्फ राम्रो देखिएको निर्जीवन बीमा कम्पनीले अघिल्लो आर्थिक वर्षमा ३१ अर्ब ७० करोड बीमाशुल्क संकलन गरेकोमा गत आर्थिक वर्षमा २३.५६ प्रतिशतले वृद्धि भएर ३९ अर्ब १७ करोड पुगेको समितिले जनाएको

यता जीवन बीमा व्यवसायतर्फ भने कुल बीमाशुल्क संकलन खर्ब २० अर्ब ९५ करोडबाट १४.६३ प्रतिशतले वृद्धि भएर खर्ब ३८ अर्ब ६४ करोड लाख पुगेको

एक वर्षको अवधीमा जीवन बीमालेख संख्या ८६ लाख १२ हजार ८५० बाट ५२.०९ प्रतिशतले वृद्धि भएर बढेर करोड ३० लाख ९९ हजार ६३२ पुगेको हो जसमध्ये सावधिक बीमालेख ५३ लाख हजार ५६७ रहेको  

सम्बन्धित समाचार