२०८३ बैशाख ६ गते , आईतबार
कोरोना महामारीको चौथो लहर शुरु, भदौसम्म रहने अनुमान
काठमाण्डौ । स्वास्थ्य मन्त्रालयले कोरोना महामारीको चौथो लहर नेपालमा शुरु भैसकेको र अझै एक महिना रहने निष्कर्ष निकालेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी) ले हालै गरेको एक अध्ययनले तीन हप्तासम्म संक्रमण बढ्दै जाने, त्यसपछि उच्च विन्दुमा केही समय स्थिर रहने र भदौको अन्तिम साताबाट मात्र संक्रमण घट्दै जाने देखाएको छ । चौथो लहरमा दैनिक आठ हजार जनासम्म संक्रमित हुन सक्ने इडीसीडीको अनुमान छ ।
हिजोआज दैनिक संक्रमित संख्या एक एक हजारभन्दा कम छ । ‘आगामी तीन हप्तासम्म अझै उकालो लाग्दै जानेछ र दैनिक दुईदेखि आठ हजारसम्म नयाँ संक्रमित थपिन सक्ने आंकलन गरिएको छ’, स्वास्थ्य मन्त्रालयका एक उच्च अधिकारीले भने, ‘संक्रमण मध्यमविन्दुमा पुगेको छ । केही दिनमा उच्चविन्दुमा पुग्छ ।’