२०८३ बैशाख ५ गते , शनिबार
छोराको कुटाइबाट बाबुको मृत्यु
बिर्तामोड । तेह्रथुमको छथर गाउँपालिका-५ ठकुरी टोलका ५३ बर्षीय भक्त बहादुर भण्डारीको छोराको कुटपिटबाट मृत्यु भएको छ । मङ्गलबार बिहान सवा ६ बजे भण्डारीका २४ बर्षीय छोरा टंक भण्डारीले कुटपिट गर्दा भक्त सख्त घाइते भएका थिए ।
टंकले धान कुट्ने मुश्लिले बुबालाई टाउकोमा प्रहार गरी घाईते बनाएको भन्ने खबर प्राप्त भएसंगै प्रहरी चौकी शुक्रवारेबाट प्रहरी टोली खटि गई घाईतेलाई उपचारको लागी छथर अस्पताल पठाएकोमा भक्तको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घटनामा संग्लग्न छोरा टंक भण्डारी तत्काल फरार रहेको र निजको खोजतलास भईरहेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ।