२०८३ बैशाख ६ गते , आईतबार

बालबालिकामा फैलिने के हो एडिनो भाइरस?

sajilo news
परिवेश मिडिया
२०७९ श्रावण १५ गते , आईतबार
बालबालिकामा फैलिने के हो एडिनो भाइरस?

काठमाण्डौ यो एडिनो भाइरस एक संक्रामक विषाणु हो विद्यालय जाने साना उमेरका बालबालिकाहरुमा यो संक्रमण बढी देखिन्छ। यो संक्रमण ठूला व्यक्तिहरुलाई नहुने भन्ने होइन तर कुल संक्रमितमध्ये किरब ९० प्रतिशत पाँच वर्ष मुनिका बालबालिकाहरु हुने गरेको कान्ति बाल अस्पतालका बालरोग विशेषज्ञ डा. राजकुमार बिक बताउँछन्

हाल देखिएको भाइरल ज्वरो एकदमै छिटो सर्ने गरेको उनले बताए हाँच्छ्यु गर्दा, खोक्दा, संक्रमितको दिसा, पिसाब वा आँखाबाट निस्कने आँशुबाट पनि संक्रमण एकबाट अर्को सर्ने गर्दछ  

उनका अनुसार एक तिहाई संक्रमित बिरामीमा मात्र लक्षण देखिन्छ। ती लक्षणहरु हुन् :

ब्रोङिकयोलाइटिस वा निमोनिया हुने

धेरै ज्वरो आउने, रुघाखोकी लाग्ने

फोक्सोमा पानी जम्ने तथा दाग देखिने

घाँटी दुख्ने

केहीमा आँखा रातो हुने

झाडापखाला पनि हुन सक्ने

एक्कासी रातो पिसाब आउने, पिसाब फेर्दा दुख्ने, छिनछिटमा पिसाब लाग्ने आदि

प्रतिरक्षा शक्ति कमजोर भएका बिरामीमा पहिलो एक दिनमा निमोनिया लगायत कडा संक्रमण देखिन सक्ने उनले बताए। यो संक्रमणबाट बच्न सरसफाईमा ध्यान दिनुपर्ने उनले बताए यस्तो समस्या बालबालिकामा देखिए चिकित्सकलाई देखाएर मात्र औषधी सेवन गराउनु पर्ने उनी बताउँछन् । 

सम्बन्धित समाचार