२०८३ बैशाख ५ गते , शनिबार

बिमा रकम हत्याउन नक्कली विहे, योजनाबद्ध बिमा गरि ‘श्रीमान’को हत्या

sajilo news
परिवेश मिडिया
२०७९ श्रावण १३ गते , शुक्रबार
बिमा रकम हत्याउन नक्कली विहे, योजनाबद्ध बिमा गरि ‘श्रीमान’को हत्या

काठमाण्डौ योजनाबद्ध रूपमा बिमा गर्ने, विवाह गर्ने हत्या गरी बिमाको रकम हत्याउने कार्यमा संलग्नलाई प्रहरीले पक्राउ गरेको व्यक्ति हत्या गरी बिमा कम्पनीबाट करोड ५० लाख रूपैयाँ भुक्तानी लिने गिरोहलाई प्रहरीले पक्राउ गरेको हो बिमा कम्पनीबाट भुक्तानी लिनकै लागि दुई जनाको विवाह गराइएको श्रीमान्लाई योजनाबद्ध रूपमा दुर्घटना गराई मारिएको तथ्य प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को अनुसन्धानमा खुलेको हो

२०७८ साल वैशाख गते भे २४९१ नम्बरको मिनीबसले ठक्कर दिई घाइते भएका सर्जन विकको उपचारका क्रममा नेपालगन्ज मेडिकल कोहलपुरमा मृत्यु भएको थियो टोपबहादुर राना क्षेत्रीले चलाएको मिनीबसले ठक्कर दिँदा उनको मृत्यु भएको हो टिपरमा बालुवा लोडको काम सकी सर्जन राति ११ बजे भे १० १७२७ नम्बरको मोटरसाइकलमा फर्कने क्रममा दुर्घटनामा परेका हुन्

दुर्घटनापछि वैशाख २७ गते जिल्ला अदालत बाँकेमा सवारी ज्यान मुद्दा दर्ता भयो २०७८ माघ २५ गते अदालतले चालक रानालाई ३० दिन कैद हजार जरिवाना सुनायो मोटरसाइकलधनी सरदार अहमद खाँ (जो बिमा अभिकर्ता पनि थिए) उनलाई भने अदालतले सफाइ दिएको थियो

सर्जन विकको नाममा गरिएको सावधिक जीवन बिमा म्यादी जीवन बिमा बापत करोड ५० लाख रुपैयाँ दाबी भुक्तानी लिएपछि घटना शंकास्पद देखिएको हो मृतककी श्रीमती सपना मल्लले रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीबाट भुक्तानी लिई कोहलपुरस्थित कामना सेवा विकास बैंकको खातामा उक्त रकम जम्मा गरिसकेकी थिइन् तर नेपाल पुनर्बिमा कम्पनी लिमिटेडले २०७८ साल फागुन ३० गते सीआईबीलाई सर्जन विकको सवारी दुर्घटनाबाट भएको भनिएको मृत्यु शंकास्पद देखिएको भन्दै अनुसन्धान गर्न पत्र लेख्यो रिलायन्सले पनि ठगीसम्बन्धी कसुरमा अनुसन्धान गर्न पत्र लेख्यो

दुर्घटनामा सर्जनको मृत्यु भए पनि सपना मृत्यु संस्कारमा सहभागी भइनन् त्यसपछि घटना झनै शंकास्पद देखिएको सीआईबी प्रमुख एआईजी उत्तमराज सुवेदीले जानकारी दिए उनी भन्छन्, ‘आफ्नै पतिको मृत्युपछिको संस्कारमा पत्नी सपना मल्ल सहभागी नहुनुले घटना योजनाबद्ध रूपमा घटाई बिमाको पैसा लिएको देखिन्छ

त्यसो बैंक खाता खोल्दादेखि नै घटना शंकास्पद देखिएको अनुसन्धानले खुलेको मृतक सर्जन सपना श्रीमान्(श्रीमती भनिए पनि लामो समयदेखि सम्पर्कमा नरहेको अनुसन्धानबाट खुलेको सीआईबी प्रवक्ता एसपी श्यामकुमार महतोले जानकारी दिए २०७७ साल फागुन २८ गते उनीहरू विवाह दर्ताका लागि गए पनि सर्जनको उमेर नपुगेका कारण त्यसै फर्किएका थिए त्यही दिन नै सर्जन सपनाको पहिलो पटक भेट भएको पनि अनुसन्धानबाट खुल्न आएको उनीहरूको केही दिनपछि चैत गते विवाह दर्ता भएको देखिएको तर विवाह दर्तापछि भने भेट भएको थिएन

यस घटनामा सपनासहित स्याङ्जाका सञ्जीव अर्याल, बाँकेका सरदार अहमद खाँ, टोपबहादुर राना क्षेत्री, दीपक केसी ललिता सापकोटासमेतको संलग्नता देखिएको सपना मल्लको खातामा आएको करोड ५० लाख पनि भागबन्डा गरिएको थियो उक्त रकममध्ये सञ्जीवले ८० लाख ३६ हजार, दीपकले ६० लाख, सपनाकी आमा छविकुमारी खत्रीले १७ लाख ४६ हजार सपनाले ८६ लाख ८९ हजार लिएको अनुसन्धानमा खुलेको

सञ्जीवले नै रिलायन्स कम्पनी कोहलपुरमा २०७७ फागुन २८ गते सपनालाई इच्छाइएको व्यक्ति राखेर सावधिक जीवन बिमा म्यादी जीवन बिमा गराएका थिए सामान्य मजदुरी गर्ने सर्जनको पेसा वार्षिक आयको रकमले बिमाको वार्षिक शुल्क लाख ४० हजार तिर्न नसक्ने देखिएको केवाईसीमा पनि वार्षिक आम्दानी लाख स्वघोषणा गरेको प्रहरीको भनाइ बिमाको पहिलो शुल्क पनि सञ्जीवलै नै तिरिदिएका थिए वार्षिक आयको अधिकतम ४० प्रतिशतसम्म मात्र बिमा गर्न सक्ने भए पनि सर्जनको नाममा गरिएको बिमा भने त्यसअनुरूप थिएन

श्रीमान्(श्रीमती भनिएका सपना सर्जनबीच विवाह दर्तापछि भेट नभए पनि सञ्जीव सपनाबीच भने पटक(पटक भेट भएको पाइन्छ यस घटनामा बिमा अभिकर्ता खाँको समेत संलग्नता देखिएको दुर्घटनामा खाँकै मोटरसाइकलसमेत प्रयोग भएको थियो घटनाको दिन सञ्जीव, मृतक सर्जन, खाँ मिनीबस चालक टोपबहादुर रानाको कुराकानीसमेत भएको अनुसन्धानमा खुलेको

आरती भनिने ललिता सापकोटाले सपना सञ्जीवबीच भेट गराइदिएको घटनापछि सपना मल्ललाई अस्ट्रेलिया पठाउने सहमतिसमेत भएको देखिन्छ सर्जनको दुर्घटनामा मृत्यु भएको कुरासमेत सञ्जीवले नै सपनालाई बताएका थिए घटनापछि उनी विदेश जाने योजनामै थिइन् गत साउन गते दिल्ली हुँदै जापान जाने क्रममा उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सीआईबी टोलीले पक्राउ गरेको हो सपनाविरुद्ध मृतकसँग विवाह गरी बिमाबाट करोड ५० लाख लिएको कसुरविरुद्ध मुद्दा चलाइने भएको

त्यस्तै स्याङ्जाका सञ्जीवविरुद्ध प्रतिवादी सपना मल्ललाई प्रलोभनमा पारी मृतक सर्जनसँग विवाह गराएको बिमाबापत ८० लाख रुपैयाँ लिएको कसुरमा मुद्दा चलाइने भएको सबै आपराधिक लाभ हुने गरी सहभागी भएको आधारमा घटनाको मुख्य योजनाकार उनी नै भएको देखिन्छ

त्यस्तै मिनीबस चालक टोपबहादुर भने सपनालाई विदेश लाने एजेन्ट चिनाइदिएको ठक्करपछि घाइते भएका सर्जनलाई अस्पताल नलगी फरार भएको देखिन्छ वारदातको समय (राति ११ बजे) उनले बस लिएर जानुपर्ने कुनै स्पष्ट आधारसमेत नदेखिएको पनि सीआईबीले जनाएको

त्यस्तै दीपक केसीले सपनालाई बिमा रकम भुक्तानी लिन सपनालाई काठमाडौं आउन सघाएको सपनाले पाएकोमध्ये ८० लाख रुपैयाँ लिएका थिए उनीविरुद्ध पुरानो कर्तव्य ज्यान मुद्दाका अभियुक्त भगाएकोसमेत अभियोग लागेको ललिता सापकोटाले भने बिहे गरेर विदेश जाँदा फाइदा हुन्छ भनेर सपनालाई सञ्जीवसँग चिनजान गराएकी थिइन् उनी सञ्जीवको प्रेमिकासमेत भएको खुलेको त्यस्तै बिमा अभिकर्ता खाँ पनि घटनामा संलग्न भएको देखिएको सीआईबीले जनाएको

सम्बन्धित समाचार