२०८३ बैशाख ५ गते , शनिबार
कोटिहोमको दान पेटिकाबाट नगद चोरी
कनकाई । कनकाईस्थित प्रसिद्ध धार्मिक स्थल कोटीहोम धार्मिक स्थलको मुल मन्दिरको दान पेटिकाबाट नगद चोरी भएको छ । मन्दिर परिसरमा रहेको ४ वटा दान पेटीका फोरेर नगद चोरी भएको हो ।
वोलबमको सिजन भएकोले यस क्षेत्रमा अत्याधिक भक्तजनले पैसा दान पेटिकामा राखेको थाहा पाएपछि लागूऔषध प्रयोगकर्ताले दान पेटिका चोरी गरेको हुनसक्ने स्थानीयको भनाई छ ।
कोटीहोम क्षेत्र धार्मिक रुपमा जति ख्याति कमाएको छ त्यति नै लागूऔषध प्रयोगकर्ता र अझ वन क्षेत्र भएकोले लागुऔषध खरिद विक्रीका लागि समेत सुरक्षित स्थल मानिदै आएको छ । रातको समयमा दान पेटिकाको चाबी तोडेर सबै पैसा चोरिएको प्रहरीले जनाएको छ । मन्दिरमा भएको सिसि टिभी फुटेज समेतलाई आधार मानेर थप अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रहरी प्रमुख मानबहादुर जिम्बाले बताए ।