२०८३ बैशाख ६ गते , आईतबार
करिब तीन महिना पछि कोरोनाका कारण एक जनाको मृत्यु
काठमाण्डौ । आइतबार कोरोना संक्रमणका कारण एक जनाको मृत्यु भएको छ । करिब तीन महिना अघि कोरोना संक्रमणका कारण एक जनाको मृत्यु भएको थियो ।
यस अघि वैशाख ४ गते काेभिड १९ संक्रमणका कारण एक जनाको निधन भएको थियो । त्यसपछि भने मृत्यु दर शून्य रहेको थियो ।
नेपालमा आइतबार थप १३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २४ घण्टामा भएको कुल तीन हजार ४१ नमुना परीक्षणमध्ये सो संख्यामा पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार ४७३ पीसीआर परीक्षणमा ११४ जनामा र एक हजार ५६८ एन्टिजेन परीक्षणमा २१ जनामा संक्रमण देखिएको हो । एक दिनमा ५९ जना कोरोना निको भएका छन् । हाल सक्रिय संक्रमितको संख्या एक हजार ४३९ जना रहेका छन् ।