२०८३ बैशाख ६ गते , आईतबार

बिर्तामोड नगरपालिकाद्वारा तीन उत्कृष्ट शिक्षक पुरस्कृत

sajilo news
परिवेश मिडिया
२०७९ असार ३० गते , विहीबार
बिर्तामोड नगरपालिकाद्वारा तीन उत्कृष्ट शिक्षक पुरस्कृत

बिर्तामोड । झापाको बिर्तामोड नगरपालिकाले उत्कृष्ट शिक्षकलाई सम्मान गरेको छ ।
विहिबार नगरपालिकाको सभाहलमा एक कार्यक्रम आयोजना गरि उत्कृष्ट शिक्षकको रुपमा मोहनमाया माध्यमिक विद्यालयका माध्यमिक तहका शिक्षक शेरबहादुर श्रेष्ठ, साङ्गवेद संस्कृत माध्यमिक विद्यालयका आधारभुत तहका शिक्षक श्यामप्रसाद दाहाल र लक्ष्मी नारायण प्राविका शिक्षक जनक बहादुर थापालाई सम्मान गरेको हो । सम्मानित हुने तीनै जनालाई नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, शिक्षा शाखा प्रमुख तिलचन भण्डारी, कार्यपालिका सदस्य यामुना आचार्य लगायतले दोसल्ला ओढाएर सम्मान पत्रसहित जनहि ५० हजार रुपैयाँले सम्मान गरेका थिए । उत्कृष्ट शिक्षकका रुपमा आवेदन भर्ने माध्यमिक तहका ३ जना, आधारभुत तहका ३ जना र प्रावि तहका ६ जना शिक्षक मध्येबाट उत्कृष्ट ३ जना छनोट गरिएको हो । छनोट समितिमा उमानाथ ओली, युवराज पाण्डे र इन्द्र मुखिया रहेका थिए ।
कार्यक्रमका बिच सेवा निवृत्त शिक्षकहरुलाई समेत सम्मान गरिएको थियो । २०७६ भदौ यता सेवा निवृत्त भएका २२ जना शिक्षकलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
कार्यक्रममा कक्षा १ र २ को आचरण शिक्षा पुस्तक बिमोचनसमेत गरिएको नगरपालिकाका प्रेस संयोजक रमेश तिवारीले जानकारी दिए । 

सम्बन्धित समाचार