२०८३ आश्विन १६ गते , शुक्रबार

कोरोना संक्रमितको संख्या बढ्दै, एकैदिन थपिए २०६ जना

sajilo news
परिवेश मिडिया
२०७९ असार ३० गते , विहीबार
कोरोना संक्रमितको संख्या बढ्दै, एकैदिन थपिए २०६ जना

काठमाण्डौ । नेपालमा एकै दिन दुई सय भन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा नयाँ संक्रमितको संख्या २०६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

दुई हजार ८२ पीसीआर परीक्षणमा १७७ जना र एक हजार ९३ जनाको एन्टिजेन परीक्षण गर्दा २९ जना गरी २०६ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १००५ पुगेको छ । पछिल्लो २४ घण्टामा ४५ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

सम्बन्धित समाचार