२०८३ बैशाख ५ गते , शनिबार

झापा र मोरङमा कामनाको शाखा रहित बैंकिङ सेवा शुरु

sajilo news
परिवेश मिडिया
२०७९ असार २७ गते , सोमबार
झापा र मोरङमा कामनाको शाखा रहित बैंकिङ सेवा शुरु

बिर्तामोड कामना सेवा विकास बैंकले झापा मोरङमा सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा पुर्याउने उद्धेश्यका साथ थप नयाँ स्थानहरूमा मोबाइल एप मार्फत शाखा रहित बैंकिङ्ग सेवा शुभारम्भ गरेको

बैंकले सेवा विस्तार गर्ने क्रममा असार २६ गते आईतबारबाट झापाको बुद्धशान्ति गाउँपालिका को नमुना चोकमा, मोरङ्गको केराबारी गाउँपालिका१० को थापाटारमा सुन्दरहरैंचा१२ शुक्रबारेमा शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको हो झापाको बुद्धशान्ति–१ नमुना चोक स्थित बबि सप्लायर्स (नन्दकुमार याफु राई), मोरङ्गको केराबारी१० थापाटार स्थित केराबारी भ्यु होटल एण्ड बार (धनबहादुर लिम्बु) र सुन्दरहरैंचा१२ शुक्रबारे स्थित आरजु कस्मेटिक एण्ड रेडिमेड (राजन भगत) लाई शाखा रहित बैंकिङ्ग सञ्चालनको लागि व्यावसायिक प्रतिनिधि नियुक्त गरिएको

झापाको बुद्ध शान्ति का वडा अध्यक्ष अनिल वाग्लेले नमुना चोकमा, मोरङ्गको केराबारी१० का वडा अध्यक्ष पुर्णबहादुर मगरले थापाटारमा सुन्दरहरैंच१२ का वडा अध्यक्ष रोशन प्रसाद ढकालले शुक्रबारेमा  शाखा रहित बैंकिङ्ग सेवाको उद्घाटन गरी सेवा शुभारम्भ गरेका थिए

शाखा रहित बैंकिङ्ग मार्फत खाता खोल्ने, निक्षेप संकलन, रकम भुक्तानी, विभिन्न बिल भुक्तानी लगायतका सुविधाहरु प्रदान गरिनेछ यो सेवाबाट ग्रामीण तथा बैंकिङ्ग पहुँच नपुगेका क्षेत्रमा बैंकप्रति उल्लेख्य विश्वास एवम् बैंकिङ्ग अवधारणाको विकास हुने अपेक्षा बैंकले लिएको

सम्बन्धित समाचार