२०८३ बैशाख ६ गते , आईतबार

भारतीय नागरिक हत्या प्रकरण : फरार एक जना पक्राउ

sajilo news
परिवेश मिडिया
२०७९ असार २४ गते , शुक्रबार
भारतीय नागरिक हत्या प्रकरण : फरार एक जना पक्राउ

बिर्तामोड । असार १२ गते हत्या गरेर झापा अर्जुनधारा-४ स्थित जुकेखाडी-साहसी टोलभित्रको ह्युमपाइपमा फ्याँकिएका भारत गुजरातका ४० वर्षीय जपडिया नरेश कुमार बाबु भाईको हत्या आरोपमा फरार एक जना पक्राउ परेका छन । हत्या गरेर फरार भएका सुन्दर हरैँचा-६ मोरङका २४ बर्षीय सैलेश सापकोटालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले सापकोटालाई शुक्रवार नेपाल भारत सीमाबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । घटनामा संलग्न अर्जुनधारा-७ की ३२ वर्षीया जानुका देवी थापा, निजका श्रीमान ४९ वर्षीय विजय भन्ने बृख बहादुर थापा र सुनसरी जिल्ला बराहक्षेत्र नगरपालिका-१० बस्ने २५ बर्षीय सुरेश परियारलाई प्रहरीले यस अघि नै पक्राउ गरिसकेको छ । सापकोटा जानुकाको फुपुको छोरा भएको बताइएको छ । पक्राउ परेका सापकोटाले जानुकाबाट सुपारीबापत एक लाख रुपैयाँ लिएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख प्रहरी नायव उपरीक्षक रुगमबहादुर कुँवरले जानकारी दिए । 

सम्बन्धित समाचार