२०८३ बैशाख ६ गते , आईतबार

बिर्तामोडमा प्रतियोगितात्मक प्रतिभा पहिचान कार्यक्रम सम्पन्न

sajilo news
परिवेश मिडिया
२०७९ असार १६ गते , विहीबार
बिर्तामोडमा प्रतियोगितात्मक प्रतिभा पहिचान कार्यक्रम सम्पन्न

बिर्तामोड । बिर्तामोड नगरपालिकाले आयोजना गरेको प्रतियोगितात्मक अन्तरविद्यालय प्रतिभा पहिचान कार्यक्रम सम्पन्न भएको छ ।
प्रतियोगिताअन्तर्गत विद्यालय विज्ञान तथा गणित प्रदर्शनी प्रतियोगितामा मोहनमाया माध्यमिक विद्यालय प्रथम भएको छ । बिहिबार आयोजना गरिएको नगरस्तरीय विज्ञान प्रदर्शनीमा मोहनमाया माध्यमिक विद्यालय प्रथम भएको हो । त्यस्तै वाल्मिकी एजुकेसन फाउण्डेसन द्वितीय, तक्षशिला फाउण्डेसन तृतीय र कन्काई आधारभूत माध्यमिक विद्यालयले सान्त्वना स्थान हासिल गरेका छन् । विजेता विद्यालयहरुले क्रमश: १० हजार, ८ हजार, ६ हजार र ४ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको बिर्तामोड नगरपालिका शिक्षा शाखा प्रमुख तिलचन भण्डारीले जानकारी दिए ।
यस्तै अन्तर विद्यालय कविता प्रतियोगितामा वीर अमरसिंह माध्यमिक विद्यालयका प्रकाश निरौला प्रथम,  एभरेष्ट स्मार्ट एकाडेमी फाउण्डेसनका जस्मिन कडरिया द्वितीय, बालकल्याण आधारभूत माध्यमिक विद्यालयका स्वस्तिका उप्रेती तृतीय र इडन गार्डेन एकाडेमी फाउण्डेसनका इश्वर उप्रेतीले सान्तवना पुरस्कार प्राप्त गरेका थिए । विजेताहरुले क्रमश: ५ हजार, ४ हजार, ३ हजार र १ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । चित्रकला प्रतियोगितामा सेन्ट जेभियर्स स्कुलकी श्रवण लिवाङ्ग प्रथम, न्युटन्स एजुकेशन एकाडेमीकी साल्भी सिवाकोटी द्वितीय, क्रिएटिभ इङ्गलिस एकाडेमीकी फिजा अनसारी तृतीय र मोहनमाया माध्यमिक विद्यालयका राज मल्लिकले सान्तवना स्थान हासिल गरे । विजेता प्रतियोगिहरुले क्रमश: ५ हजार, ४ हजार, ३ हजार र १ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।
कार्यक्रमका विजेताहरुलाई नगरप्रमुख पवित्रा महतारा प्रसाई र उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले पुरस्कार हस्तान्तरण गरेका थिए । देवी माध्यमिक विद्यालयमा आयोजना गरिएको कार्यक्रममा विजेतालाई पुरस्कार प्रदान गरिएको हो । विज्ञान तथा गणित प्रदर्शनी देवी माध्यमिक विद्यालयमा बिहीबार र कविता तथा चित्रकला प्रतियोगिता न्युटन्स एजुकेशन एकाडेमीमा गत असार १३ गते आयोजना गरिएको शाखा प्रमुख भण्डारीले जानकारी दिए ।
प्रतियोगितात्मक कार्यक्रममा नगरपालिका भित्रका सरकारी र निजी गरि ३७ वटा विद्यालयले सहभागिता जनाएका थिए । बार्षिक शैक्षिक क्यालेन्डर अनुसार गएको माघ महिनामा आयोजना गर्नु पर्ने कार्यक्रम कोरोना संक्रमणका कारण ढिलो आयोजना गरिएको पालिका स्रोतले बताएको छ । 

सम्बन्धित समाचार