२०८३ बैशाख ५ गते , शनिबार
ट्रकको ठक्करबाट सूर्यदर्शन साकोसका कर्मचारी दिपक नेपालको मृत्यु
बिर्तामोड । दमकस्थित सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थामा कार्यरत कर्मचारी दिपक नेपालको ट्रकको ठक्करबाट मृत्यु भएको छ ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत कमल–४ केर्खास्थित चुलाचुली मोेडमा गएराति ११:२० बजे ट्रकको ठक्करबाट घाईते भएका दमक–९ का अन्दाजी ३६ बर्षीय नेपालको दमक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ७ ख ८७३५ नम्बरको ट्रकले विपरित दिशाबाट आइरहेको प्र. १–०१–०१२ प १४५३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक नेपालको मृत्यु भएको हो । ट्रक र ट्रक चालक झापा बाह्रदशी–४ का ४३ बर्षीय डम्बरबहादुर पाण्डेलाई इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।