२०८३ बैशाख ५ गते , शनिबार

बोरामा हालेर फ्याँकिएको शव फेला

sajilo news
परिवेश मिडिया
२०७९ असार १३ गते , सोमबार
बोरामा हालेर फ्याँकिएको शव फेला

बिर्तामोड झापाको अर्जुनधारामा बोरामा हालेर फ्याँकिएको अवस्थामा एक पुरुषको शव फेला परेको अर्जुनधारा स्थित ह्युम पाइपभित्र बोरामा पोको पारेर फ्याँकिएको अवस्थामा ३५४५ उमेर समूहको युवकको लाश आइतबार साँझ फेला परेको हो हालसम्म शवको पहिचान नभएको प्रहरीले जनाएको

शवको दुवै कुममा आरएन शब्द भएको ट्याटु खोपिएको, शरिरभरि बाक्लो रौँ भएको फ्रेन्च कट दाह्री भएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख प्रहरी नायव उपरीक्षक रुगमबहादुर कुँवरले जानकारी दिए तीनदेखि चार दिन अगावै हत्या भएको जस्तो देखिने शवको टाउकोमा भारी बस्तुले हानेर हत्या गरेको हुन सक्ने प्रहरीको आशंका शरिरको अन्य भागमा निलडाम तथा धारिलो वस्तु प्रयोग गरेको चोट नभएको डीएसपी कुँवरले जानकारी दिए

मृतकले पुरा बाहुला भएको हल्का गुलाबी रंगको कमिज बाक्लो ट्राउजर लगाएको उनले बताए दाह्री शरिरमा भएको रौँ हेर्दा शव क्षेत्रीबाहुन समुदायको हुनसक्ने उनको भनाई आइतबार साँझ स्थानीयले बोराबाट गन्ध आइरहेको थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए

शव पोष्टमार्टमका लागि धरान पठाइएको घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको कुवँरले जानकारी दिए

सम्बन्धित समाचार