युनिभर्सिटी एड्मिसन नेट्वर्कको शाखा बिर्तामोडमा
बिर्तामोड । विदेश अध्ययनका लागि जाने विद्यार्थीहरुलाई शैक्षिक परामर्श दिने उद्धेश्यले झापाको बिर्तामोडमा आजबाट युनिभर्सिटी एडमिसन नेटवर्क (युएएन) सञ्चालनमा आएको छ ।
विदेशमा लामो अनुभव बोकेका तथा विभिन्न देशका बारेमा राम्रो अध्ययन तथा अनुभव लिएका ब्यक्तिहरुले परामर्श दिने युनिभर्सिटी एडमिसन नेटवर्क (युएएन) का डाइरेक्टर विनय अधिकारीले जानकारी दिए ।
बिर्तामोड स्थित नबिल बैंकको माथिल्लो तलमा रहेको युनिभर्सिटी युएएनको भद्रप्रसाद चुडालले एक कार्यक्रमका बिच उद्घाटन गरे । कार्यक्रममा नेपाल पत्रकार महासंघ झापाका कोषध्यक्ष रञ्जित प्रसाई, पूर्वाञ्चल दैनिकका अनलाईन समाचार संयोजक नरेन्द्र ढकाल, एसआइ युकेका नेपाल कन्ट्री मेनेजर अस्कर हुसेन, गोपाल भट्टराई, सुजन घिमिरे, बन्दना राना, राजु पौडेल, सुवास अधिकारी, अनुपम भट्टराई, गोमा चुडाल, दिपेन्द्र चुडाल लगायतको आतिथ्य रहेको थियो ।
कार्यक्रममा युएएनका डाइरेक्टर अधिकारीले विश्वविद्यालयको बारेमा जानकारी गराएका थिए । बेलायत र अष्ट्रेलियासहित विभिन्न देशमा अध्ययनका लागि जाने विद्यार्थीहरुलाई उचित शैक्षिक परामर्श दिदैं त्यस क्षेत्रको शैक्षिक अवस्था, त्यसका कानुनी प्रक्रिया लगायतका विषयमा जानकारी गराइने बताए । विश्वका ३५ भन्दा बढी देशमा शाखा कार्यालय रहेको नेटवर्कले विश्वका १६ भन्दा बढी विश्वविद्यालयको बारेमा जानकारी गराउनुका साथै समन्वय गर्ने बताए । नेटवर्कले केही महिनामा नै विश्वका ५० बढी देशमा आफ्नो शाखा विस्तार गर्ने तयारी गरेको डाइरेक्टर अधिकारीले जानकारी दिए ।
कार्यालयको उद्घाटन सँगै आजै शैक्षिक मेला समेत सम्पन्न भएको छ । एजुकेशन फेयरमा झापासहित इलाम तथा मोरङको पूर्वी क्षेत्रका विद्यार्थी तथा अभिभावकहरुको सहभागिता रहेको थियो । एजुकेशन फेयरमा सहभागी बन्नका लागि पाँच सय १३ जनाले फारम भरेर सहभागिता जनाएको बताइएको छ ।
शैक्षिक मेलामा नेपाली विद्यार्थीले बेलायती विश्वविद्यालयका शैक्षिक कार्यक्रमबारे एक मुष्ट जानकारी पाएका छन् । एस आई युके नेपालका डाइरेक्टर समेत रहेका अधिकारी लगायत अन्य थुप्रै उच्च पदस्थ व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।
शैक्षिक मेलामा उपस्थित बेलायत पढ्न जान इच्छुक विद्यार्थीहरूले एकै छाना मुनी बेलायतका प्रत्यक्ष उत्कृष्ट विश्वविद्यालयसँग साक्षात्कार गराउन पाएको अधिकारीले बताए । अधिकारीले विद्यार्थीलाई सरल तरिकाले शिक्षाको बारेमा जानकारी दिने उद्धेश्यले पूर्वका झापासहित इटहरी तथा विराटनगरमा पनि शाखाहरु खोलेको जानकारी दिए ।