२०८३ आश्विन १८ गते , आईतबार

वायुसेवा सञ्चालक सङ्घ र उड्ययन प्राधिकरणबिच वार्ता, आज सबै उडान हुने

sajilo news
परिवेश मिडिया
२०७९ असार ८ गते , बुधबार
वायुसेवा  सञ्चालक  सङ्घ र उड्ययन प्राधिकरणबिच वार्ता, आज सबै उडान हुने

काठमाण्डौ । वायुसेवा  सञ्चालक  सङ्घ  नेपालले  बुधबारदेखि गर्ने भनेको उद्धार तथा नियमित उडान बन्दका कार्यक्रम आंशिक रूपमा फिर्ता भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण र वायुसेवा सञ्चालक सङ्घ नेपालबीच मङ्गलबार राति अबेर भएको वार्ताबाट बुधबार बिहान ११ बजेपछि देशभरका आन्तरिक उडान सुचारु राख्ने सहमति भएको हो ।

राति ११ बजे सकिएको वार्तामा वायुसेवा सञ्चालक सङ्घ नेपालले अघि सारेका मागबारे बुधबार दिउँसो पुनः छलफल गर्नेगरी बुधबारका लागि हवाई यातायात नियमित राख्ने सहमति भएको हो ।  वायुसेवा कम्पनीले पूर्वसूचनासमेत नदिई हवाई सेवा बन्द गर्ने घोषणा गरेपछि यात्रुमा अन्योल थपिएको थियो । यद्यपि बुद्ध र यती एयरलाइन्सले भने सबै उडान नियमित हुने जनाएका छन् ।

वायुसेवा कम्पनीलाई आफ्ना जहाजहरूको रात्रि बिसान काठमाडौं बाहिरका विमानस्थलमा राख्न अनिवार्य गरिएपछि वायुसेवा कम्पनी चिढिएका छन् ।

सम्बन्धित समाचार