२०८३ बैशाख ६ गते , आईतबार

यातायात व्यवस्था कार्यालयको राजश्व ७८ करोड बढी

sajilo news
परिवेश मिडिया
२०७९ असार २ गते , विहीबार
यातायात व्यवस्था कार्यालयको राजश्व ७८ करोड बढी

बिर्तामोड यातायात व्यवस्था कार्यालय बिर्तामोड झापाले चालु आर्थिक बर्षको जेठ मसान्तसम्ममा ७८ करोड ४० लाख  ३५ हजार सय अन्ठाउन्न रुपैँया राजश्व संकलन गरेको कार्यालयले सवारी कर, आयकर, लाइसेन्सलगायत आदिबाट सो राजश्व रकम संकलन गरेको हो

कार्यालयले चालु आवको ११ महिनाको अवधिमा सवारी कर बापत ५५ करोड ६७ लाख आठ सय तीन रुपैँया राजश्व संकलन गरेको कार्यालय प्रमुख हरि लामिछानेले जानकारी दिए लामिछानेका अनुसार आयकर बापत करोड ४३ लाख २१ हजार ६६६ रुपैँया, लाइसेन्स बापत १७ करोड २६ लाख हजार सात सय पन्ध्र रुपैँया अन्य आम्दानी बापत २० लाख ४१ हजार चौरहत्तर हजार रुपैँया राजश्व संकलन भएको हो

यो अवधिमा कार्यालयले १४ हजार ५२७ वटा नयाँ दुई पाङ्ग्रे सवारी साधन दर्ता गरेको यो सँगै मेचीमा दर्ता हुने दुई पाङ्ग्रे सवारीको संख्या लाख ४४ हजार १३४ पुगेको कार्यालयले जनाएको चालु आवमा नयाँ चार पाङ्ग्रे सवारी हजार २५४ वटा, तीन पाङ्ग्रे हजार ३५२ वटा दर्ता भएको हालसम्म चार पाङ्ग्रे १८ हजार ७७५ वटा तीन पाङ्ग्रे २२ हजार ४७ सहित लाख ८४ हजार ९५६ वटा सवारी साधन दर्ता यातायात व्यवस्था कार्यालय बिर्तामोड झापामा दर्ता भएको कार्यालय प्रमुख लामिछानेले बताए

त्यस्तै कार्यालयले यो आवमा १३ हजार ६४१ वटा नयाँ, २१ हजार ५९९ वटा नविकरण हजार ७७२ वटा लाइसेन्सको वर्ग थप गरेको पछिल्लो समय आफ्नै लग इन लिने प्रणाली शुरु भएपश्चात हजार ६७४ वटा लाइसेन्सको फाराम दर्ता भएको कार्यालयले जनाएको    

सम्बन्धित समाचार