२०८३ बैशाख ५ गते , शनिबार
लागू औषधसहित दुई जना पक्राउ
बिर्तामोड । लागूऔषध र नगदसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । झापा मेचीनगर–१२ का सुरच मेचे र उनका साथी जीवन सार्की लागूऔषध र नगद ७३ हजार रुपैँयासहित पक्राउ परेका हुन् । २४ बर्षीय मेचे र २२ बर्षीय सार्की मंगलबार दिउँसो साढे एक बजे पक्राउ परेका हुन् ।
प्रहरीलाई शंका लागि चेकजाँच गर्ने क्रममा मेचेको साथबाट प्रहरीले नगद ७३ हजार रुपैँया र ८ ग्राम ५२ मिलिग्राम लागू औषध ब्राउन सुगर बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीले उनीहरुको साथबाट डिजिटल तराजु र एक थान मोबाइलसमेत बरामद गरेको जनाएको छ । मेचेको साथी सार्कीको समेत संलग्नता देखिएकाले दुवै जनालाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता वसन्त पाठकले जानकारी दिए ।