२०८३ बैशाख ६ गते , आईतबार
‘छुक्क छुक्क’ असार १ मा सार्वजनिक हुने
बिर्तामोड । गायिका तारा दुलाल र गायक राजेश पायल राईको स्वर रहेको ‘छुक्क छुक्क’ बोलको गीत असार १ गते (भोलि) सार्वजनिक हुने भएको छ । असार १ गते औपचारीक रुपमा गीत र म्युजिक भिडियो तारा दुलाल युट्युब च्यानल मार्फत सार्वजनिक हुने जनाइएको छ ।
चर्चित संगीतकार तोरेम्पा हाङको संगीत, जय राम राईको शब्द रहेको गीतमा कलाकार, नायक तथा मोडेल पुष्प खड्का र नबोदित मोडेल अनुजा लेप्चाको उत्कृष्ट अभिनय रहेको छ । प्रदेश १ को चलचित्र कलाकर्मी संघका अध्यक्ष केबल तामाङद्वारा निर्देशित गीतको सुमन तामाङले छायाङ्कन गरेका छन् ।