२०८३ बैशाख ६ गते , आईतबार

झापासहित २७ जिल्लामा ५–११ बर्षका बालबालिकालाई असार ९ देखि कोभिड खोप लगाइने

sajilo news
परिवेश मिडिया
२०७९ जेष्ठ २५ गते , बुधबार
झापासहित २७ जिल्लामा ५–११ बर्षका बालबालिकालाई असार ९ देखि कोभिड खोप लगाइने

काठमाण्डौ पाँचदेखि ११ वर्षसम्मका बालबालिकाले असार गतेदेखि कोभिडविरुद्धको खोप लगाउन पाउने भएका छन् स्वास्थ्य मन्त्रालयका स्रोतका अनुसार उक्त खोप जेठ अन्तिमसम्ममा नेपाल आउने

खोप सञ्चालन गर्नुभन्दा सात दिन अगाडी नै खोप उपलब्ध गराइदिनुहोस भनेका छौं खोप कार्यतालिका अनुसार जेठ २५ देखि ३० भित्रमा २० लाख मात्रा आउने , स्वास्थ्य मन्त्रालयका एक कर्मचारीले भने

फाइजर पेडियाट्रिक खोप सञ्चालनका लागि आवश्यक पर्ने सबै तयारी पूरा भइसकेको परिवार कल्याण महाशाखा अन्तर्गतको बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख सागर दाहालले जानकारी दिए

उनका अनुसार ३९ लाख बालबालिका लागि दुई चरणमा कोरोनाविरुद्धको खोप सञ्चालन गरिनेछ पहिलो चरणमा झापासहित २७ जिल्लाका १९ लाख बालबालिकालाई देखि १५ असारसम्म पहिलो मात्रा दिइनेछ पहिलो चरणमा पहिलो डोज खोप लिएकालाई साउन देखि गतेसम्म दोस्रो डोज दिइनेछ यस्तै, दोस्रो चरण ५० वटा जिल्लामा भदौ देखि ११ गतेसम्म पहिलो डोज सञ्चालन हुनेछ भने भदौ २७ देखि असोज सम्म दोस्रो डोज दिइनेछ

महाशाखाका अनुसार देशैभरका विद्यालयमा खोप केन्द्र तोकी खोप कार्यक्रम सञ्चालन हुनेछ यो खोप बालबालिकालाई . एमएलका दरले दुई डोज लगाउनुपर्छ

स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाका प्रमुख डा. रुद्रप्रसाद मरासिनीले नेपालले खोपमा राम्रो प्रगति गरेपछि कोभ्याक्स सुविधामार्फत ८४ लाख डोज खोप निःशुल्क पाउने सुनिश्चित भएको बताए

यो खोप निःशुल्क पाउने नेपाल पहिलो देश हो यसअघि सरकारले देखि ११ वर्षका बालबालिकालाई खोप लगाउन साढे अर्ब बजेट विनियोजन गरेको थियो

डा. मरासिनीका अनुसार पहिलो चरणमा खोप आएपछि त्रमश १० देखि १५ लाखको पटकपटक गरी खोप ल्याइने

पहिलो चरणमा कुनकुन जिल्लामा खोप दिइन्छ ?

महाशाखाका अनुसार देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई पहिलो चरणमा प्रदेश नं. बाट झापा, मोरङ, सुनसरी, मधेश प्रदेशबाट सप्तरी, धनुषा, पर्सा, सिराहा महोत्तरी, बागमती प्रदेशबाट काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, काभ्रे सिन्धुली जिल्लाबाट खोप पाउनेछन्

त्यसैगरी, लुम्बिनी प्रदेशबाट पश्चिम नवलपरासी, रुपन्देही, बाँके, दाङ, कपिलवस्तु बर्दिया, कर्णाली प्रदेशबाट सुर्खेत तथा सुदूरपश्चिम प्रदेशबाट कैलाली, कञ्चनपुर डडेलल्धुरामा खोप कार्यक्रम सञ्चालन गरिने

सम्बन्धित समाचार