२०८३ बैशाख ५ गते , शनिबार

अनुमति नलिई मेनपावर चलाए ९८५१३३४१०७ मा सम्पर्क गर्न आग्रह

sajilo news
परिवेश मिडिया
२०७९ जेष्ठ २० गते , शुक्रबार
अनुमति नलिई मेनपावर चलाए ९८५१३३४१०७ मा सम्पर्क गर्न आग्रह

बिर्तामोड । वैदेशिक रोजगारको आवरणमा हुने ठगी नियन्त्रणका लागि वैदेशिक रोजगार विभागले आग्रह गरेको छ । विभागले विहिबार सूचना नै जारी गरेर त्यस्तो आग्रह गरेको हो ।
ब्यवसाय संचालनका लागि अनुमती नलिइ कार्य गरिरहेको, पैसा असुलेको, श्रम स्वीकृति नलिइ भिजिट वा अन्य भिषामा पठाएको र विदेश पठाई अलपत्र पारेको पाइएमा विभागमा हालै गठन भएको शीघ्र प्रत्युत्तर टोलीलाई सम्पर्क गर्न भन्दै विभागले सुचना प्रकाशन गरेको छ । विभागले rrt@feo.gov.np वा ९८५१३३४१०७ मा सम्पर्क गर्न सकिने जनाएको छ ।
वैदेशिक रोजगारीमा गएकाहरुले सम्झौता अनुसारको काम तथा तलब नपाएको, विदेशमा अलपत्र पारेको, जान लागेकाहरुले बढी रकम माग गरेको भन्दै विभागमा उजुरी गर्नेको संख्या बढेपछि ठगी नियन्त्रणका लागि विभाग आक्रामक भएर लागेको हो ।
पछिल्लो समय विभागले सम्पर्क कार्यालय बन्द गरेको र शाखा समेत नखुलाउँदा मोफसलमा तालिम तथा परामर्श केन्द्र, ट्राभल एजेन्सी, कम्युनिकेशन सेन्टर आदिबाट मेनपावरको काम भइरहेको छ भने एजेण्टहरु गाउँगाउँ गएर युवायुवतीहरुबाट पासपोर्ट संकलन गरिरहेका छन । यसरी अनाधिकृत ढंगबाट विदेश जाँदा ठगीमा पर्ने सम्भावना हुने भन्दै विभागले सबैलाई सचेत गराउँदै आएको छ । 

सम्बन्धित समाचार