२०८३ बैशाख ६ गते , आईतबार

हेर्नुहोस झापाको कुन पालिकामा कति बजेट

sajilo news
परिवेश मिडिया
२०७९ जेष्ठ २० गते , शुक्रबार
हेर्नुहोस झापाको कुन पालिकामा कति बजेट

बिर्तामोड सरकारले प्रस्तुत गरेको आर्थिक बर्ष २०७९/८० को बजेटमा झापाका लागि अर्व ३१ करोड ८६ लाख रुपैँया विनियोजन भएको आगामी आवका लागि गत जेठ १५ गते अर्थमन्त्री जनार्दन शर्माले बजेट प्रस्तुत गरेका थिए

केन्द्र सरकारले विभिन्न शीर्षकमा दिने अनुदानका आधारमा सो बजेट विनियोजन भएको हो झापामा सबैभन्दा बढी मेचीनगर नगरपालिकाको बजेट रहेको मेचीनगरले कूल ८३ करोड ५८ लाख बजेट विभिन्न शीर्षकको अनुदानबाट प्राप्त गरेको

दोस्रोमा दमक नगरपालिकाले ७१ करोड ५१ लाख बजेट प्राप्त गरेको बिर्तामोड नगरपालिकाका लागि ७० करोड ७९ लाख विनियोजन भएको शिवसताक्षी नगरपालिकाको लागि ५७ करोड १४ लाख रुपैयाँ, गौरादह नगरपालिकाको लागि ५० करोड ९७ लाख, भद्रपुर नगरपालिकाको लागि ४९ करोड ८७ लाख, अर्जुनधारा नगरपालिकाको लागि ४९ करोड ४२ लाख रुपैयाँ कमल गाउँपालिकाका लागि ४७ करोड २४ लाख बजेट विनियोजन गरिएको

त्यस्तै बुद्धशान्ति गाउँपालिकाका लागि ३९ करोड १५ लाख कचनकवल गाउँपालिकाका लागि ३८ करोड ३६ लाख, बाह्रदशी गाउँपालिकाका लागि ३७ करोड ३३ लाख, झापा गाउँपालिकाका लागि ३७ करोड लाख, कन्काई नगरपालिकाको लागि ३५ करोड ७६ लाख गौरीगञ्ज गाउँपालिकाका लागि ३२ करोड ६९ लाख बजेट विनियोजन भएको

यस्तै सबैभन्दा थोरै बजेट हल्दिबारी गाउँपालिकाको रहेको यो आवका लागि हल्दिबारीको बजेट ३० करोड ९९ लाख रुपैयाँ रहेको

सम्बन्धित समाचार