२०८३ बैशाख ५ गते , शनिबार

पल शाहलाई थुनामै राख्न आदेश

sajilo news
परिवेश मिडिया
२०७९ जेष्ठ १९ गते , विहीबार
पल शाहलाई थुनामै राख्न आदेश

पोखरा बलात्कार आरोपमा पुर्पक्षका लागि थुनामा रहेका कलाकार पल शाह (पूर्णविक्रम) लाई धरौटीमा छाड्न उच्च अदालत पोखराले अस्वीकार गरेको धरौटीमा रिहा हुन पाउँ भन्दै शाहले दिएको रिट निवेदनमा आज उच्च अदालत पोखरामा सुनुवाइ भएकोमा जिल्ला अदालतकै आदेशलाई सदर गरेको हो

शाहको पक्षबाट तीन पीडितको पक्षबाट एक जना वकिलले बहस गरेका थिए उच्च अदालत पोखराका सूचना अधिकारी विष्णु आचार्यले  पलका म्यानेजर कृष्ण जोशीलाई पनि जिल्ला अदालतकै फैसला अनुसार कार्यान्वयन गराउन उच्च अदालतले फैसला गरेको बताए जोशी एक लाख धरौटीमा छुटेका थिए

तनहुँ जिल्ला अदालत नवलपरासी जिल्ला अदालतको आदेशले बलात्कार मुद्दामा पुर्पक्षमा रहेका शाहले धरौटीमा रिहा हुन पाउँ भन्दै रिट निवेदन दिएका थिए एक नाबालिक गायिकालाई बलात्कार गरेको आरोपमा शाह प्रहरी हिरासतमा छन्

सम्बन्धित समाचार