२०८३ बैशाख ५ गते , शनिबार

हराएका मोटरसाइकलसहित चोरीमा संलग्न गिरोह पक्राउ

sajilo news
परिवेश मिडिया
२०७९ जेष्ठ १९ गते , विहीबार
हराएका मोटरसाइकलसहित चोरीमा संलग्न गिरोह पक्राउ

बिर्तामोड । झापाको बिर्तामोड आसपासमा मोटरसाइकल चोरीमा संलग्न गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । चोरीमा संलग्न ब्यक्तिसँगै चोरिएका १२ वटा मोटरसाइकलसमेत विहिबार इलाका प्रहरी कार्यालय अनारमनीले सार्वजनिक गरेको हो ।
प्रहरीले बिर्तामोड-५ का १८ बर्षीय करण मण्डल, बिर्तामोड-३ का १९ बर्षीय कुमार राजवंशी, अर्जुनधारा-८ का १८ बर्षीय समीर मियाँ, टिकुली-५ सप्तरीका २७ बर्षीय करण महमद, गौरीगंज-५ का १८ बर्षीय ओम प्रकाश यादव, चुलाचुली इलामका १८ बर्षीय राहुल श्रेष्ठसहित १४ र १५ बर्षका झापाका दुई जना नाबालकलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख प्रहरी नायव उपरीक्षक रुगमबहादुर कुँवरले जानकारी दिए ।
पक्राउ परेकाहरु मध्ये केहि पहिलापनि अपराधिक गतिविधि गरेको अभियोगमा पक्राउ परेर छुटेकाहरु भएको उनले बताए । दुले चोरका रुपमा रहेका उनीहरु अहिले बाइक चोरीमा संलग्न भएको उनको भनाई छ ।
चोरीका १२ वटा बाइक सार्वजनिक
कार्यक्रममा प्रहरीले प्रक्राउ परेका गिरोहले चोरी गरेको १२ वटा मोटरसाइकलसमेत सार्वजनिक गरेको छ ।  प्रहरीले ४ वटा बजाज, ५ वटा हिरो होण्डा, एउटा टिभिएस, एउटा यामाहा र एउटा सुजुकी कम्पनीको बाइक सार्वजनिक गरेको हो ।  चोरिएका अधिकांश बाइकहरु अर्जुनधारा-८ कदमगाछी र अर्जुनधारा-१० मा करण महमदले संचालन गरेको ग्यारेजबाट बरामद गरिएको कुँवरले बताए । उनका अनुसार एउटा बुधबारे र एउटा चोरी गरेर लैजाँदै गरेको अवस्थामा इलामबाट पक्राउ गरिएको हो ।
महमदको योजनामा बाइक चोरी गर्ने र चोरिएका बाइक ग्यारेजमा लगेर महमदले मोडिफाई गर्ने गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक वसन्त पाठकले बताए ।
झापामा अधिकांशमा चालकले ब्लुबुक नबोकि हिड्ने गरेकाले चेकजाँचमा समस्या भएको इप्रका अनारमनीका प्रमुख कुँवरले बताए । उनले लाइसेन्स तथा ब्लुबुक आफैंसँग राख्न उनले आग्रह गरे ।
हाल पक्राउ परेकाहरुसँग अन्य ब्यक्तिहरुपनि संलग्न रहेको र उनीहरुको पहिचान खुलिसकेकाले चाँडै पक्राउ पर्ने कुँवरले बताए । 

सम्बन्धित समाचार