२०८३ बैशाख ५ गते , शनिबार

चोरीको मोटरसाइकलसहित दुई जना पक्राउ

sajilo news
परिवेश मिडिया
२०७९ जेष्ठ १८ गते , बुधबार
चोरीको मोटरसाइकलसहित दुई जना पक्राउ

बिर्तामोड । झापाको दमकबाट चोरीको मोटरसाइकलसहित दुई जना पक्राउ परेका छन । पाँचथर मिक्लाजुङ गाउँपालिका-५ बस्ने बर्ष २१ को चन्द्रकुमार योङवा र सोहि ठाउँ बस्ने २० बर्षीय सुरेन्द्र भन्ने जिवन कुरुवाङ चोरीको मोटरसाइकलसहित पक्राउ परेका हुन ।
जेठ १३ गते दिउँसो दमक-६ स्थित होटल नेपालीरिका अगाडीबाट चोरिएको दमक-४ का सुमन खड्काको मे ११ प ५५१२ नम्बरको पल्सर मोटरसाईकल चलाउँदै गरेको अवस्थामा सोही दिन साँझ ८ बजे दमक-६ स्थित शंखधर चोकबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेकाहरुलाई अनुसन्धान गर्ने क्रममा प्रहरीले थप ३ वटा चोरिएको मोटरसाइकल फेला पारेको जनाएको छ ।
जेठ ९ गते दमक-६ स्थित गायत्री बोर्डिङ अगाडी पार्किङ गरी राखेको दमक-५ का सविन राईको प्र.१-०१-०१५ प ८६९० नम्बरको पल्सर मोटरसाईकल जेठ १४ गते पाँचथर मिक्लाजुङ-७ लुमाङदिमबाट फेला पारिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक वसन्त पाठकले जानकारी दिए । त्यस्तै जेठ ९ गते होटल नेपालीरिका अगाडिबाटै हराएको चुलाचुली-८ इलामकी भिमा अधिकारीको प्र.१-०१-०१४ प १२४० नम्बरको पल्सर मोटरसाईकल जेठ १५ गते मिक्लाजुङ-४ रबिबाट र जेठ-३ गते दमक-६ स्थित नमुना मार्केटबाट हराएको दमक-३ का खेमराज गुरागाईँको मे ८ प ९२९७ नम्बरको पल्सर मोटरसाईकल जेठ १५ गते मिक्लाजुङ-७ मौवाबाट फेला पारिएको प्रवक्ता पाठकले जानकारी दिए ।
पक्राउ परेकाहरुलाई इलाका प्रहरी कार्यालय दमकमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

सम्बन्धित समाचार