२०८३ बैशाख ६ गते , आईतबार

 परिवार नियोजन, सुरक्षित मातृत्व तथा नवजात शिशुसम्बन्धि अन्तरक्रिया सम्पन्न

sajilo news
परिवेश मिडिया
२०७९ जेष्ठ १७ गते , मंगलबार
 परिवार नियोजन, सुरक्षित मातृत्व तथा नवजात शिशुसम्बन्धि अन्तरक्रिया सम्पन्न

बिर्तामोड झापामा परिवार नियोजन, सुरक्षित मातृत्व तथा नवजात शिशुसम्बन्धि अन्तरक्रिया सम्पन्न भएको सप्तरीको राजविराजस्थित बुद्ध हेल्थ प्रमोशन एण्ड  एजुकेशन सेन्टरले स्वास्थ्य कार्यालय झापाको सहयोगमा एकदिने पत्रकारसँग अन्तरक्रिया गरेको हो

नेपालभर प्रदेश को सुनसरी, झापा इलाममा गरिने उक्त अन्तरक्रिया कार्यक्रम अन्तरगत आज (मंगलवार) झापामा गरिएको हो सञ्चार माध्यमहरु मार्फत जनचेतना अभिवृद्धि गरी नवजात शिशु, मातृ, तथा बालमृत्यु दर कम गर्ने उद्धेश्यले अन्तरक्रिया आयोजना गरिएको हो

कार्यक्रममा जनचेतना अभावका कारण परिवार नियोजनका साधनका बारेमा अझैपनि धेरै मानिसमा भ्रम रहेको यसको प्रयोग कम भएको बताइएको परिवार नियोजनका साधन प्रयोग बारे मोटिभेसन भन्दा काउन्सिलिङको बढी प्रभाव परेको कार्यक्रमका सहजकर्ता जिल्ला स्वास्थ्य कार्यालय झापाका परिवार नियोजन अधिकृत शशिकुमार भट्टराईले जानकारी दिए  

अन्तरक्रिया कार्यक्रममा परिवार नियोजनका साधनको प्रयोग, सुरक्षित मातृत्व तथा नवजात शिशुको स्वास्थ्यमा आइपर्ने समस्याहरुमा जनचेतना जगाउन सञ्चार माध्यमको भूमिकाको वारेमा चर्चा गरिएको थियो कार्यक्रममा परिवार नियोजन साधनको प्रयोगदर, नीतिगत ब्यवस्था, परिवार योजनाका साधनको प्रयोग अवस्था, उपलब्धी, नेपालमा जन्मदरको अवस्था, परिवार नियोजन सेवामा सफलता, परिवार नियोजन साधनको नयाँ प्रयोगकर्ता, स्थायी बन्ध्याकरण सेवा लगायतका वारेमा जानकारी दिइएको थियो

कार्यक्रममा सहजीकरण बुद्ध हेल्थ प्रमोशन एण्ड  एजुकेशन सेन्टरका वरिष्ठ प्रशिक्षक लक्ष्मीनारायण देव, जिल्ला स्वास्थ्य कार्यालय झापाका परिवार नियोजन अधिकृत शशीकुमार भट्टराई, स्वास्थ्य कार्यालय झापाका प्रमुख योगराज घिमिरे, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका स्वास्थ्य शिक्षा अधिकृत इन्द्रबहादुर बाँनियाले गरेका थिए

सम्बन्धित समाचार