२०८३ आश्विन १७ गते , शनिबार

एनएमसीको परीक्षामा ६८ प्रतिशत एमबीबीएस र बीडीएसका विद्यार्थी फेल

sajilo news
परिवेश मिडिया
२०७९ जेष्ठ १५ गते , आईतबार
एनएमसीको परीक्षामा ६८ प्रतिशत एमबीबीएस र बीडीएसका विद्यार्थी फेल

काठमाण्डौ । नेपाल मेडिकल काउन्सिल (एनएमसी) ले लिएको चिकित्सक नाम दर्ता (लाइसेन्स) परीक्षामा ६८ प्रतिशत विद्यार्थी फेल भएका छन् ।

काउन्सिलले बिहीबारदेखि शनिबारसम्म लिएको एमबीबीएस र बीडीएसको लाइसेन्स परीक्षाको नतिजा शनिबार साँझ प्रकाशित गरेको हो। परीक्षामा सहभागीमध्ये ३१ दशमलब ८४ प्रतिशत मात्र उत्तीर्ण भएका छन्।

परीक्षामा एक हजार चार सय ९४ जना विद्यार्थी सहभागी भएका थिए । सहभागी विद्यार्थीमध्ये ४७५ जना मात्र उत्तीर्ण भएका छन्। परीक्षामा सहभागीमध्ये एक हजार १७ जना अनुत्तीर्ण भएका छन् भने दुई जनाको परीक्षा रोकिएको छ ।

सम्बन्धित समाचार