२०८३ बैशाख ६ गते , आईतबार

यूनियन लाइफको अभिकर्ता प्रशिक्षण सम्पन्न

sajilo news
परिवेश मिडिया
२०७९ जेष्ठ १३ गते , शुक्रबार
यूनियन लाइफको अभिकर्ता प्रशिक्षण सम्पन्न

बिर्तामोड । विमा क्षेत्रकै अग्रणी कम्पनी यूनियन लाइफ इन्स्योरेन्स कम्पनीमा कार्यरत अभिकर्ताहरुको प्रशिक्षण सम्पन्न भएको छ । शुक्रबार कम्पनीको बिर्तामोड र बुद्धशान्ति शाखामा आवद्ध अभिकर्ताहरुको एक दिने प्रशिक्षण बिर्तामोडमा सम्पन्न भएको हो ।

कम्पनीका सिनियर एजेन्सी मेनेजर खिवराज दाहाल र श्याम रिजालको टिमको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको बिर्तामोड शाखाका प्रमुख बद्री भण्डारीले जानकारी दिए । कार्यक्रममा विमाको महत्व र विमितसम्म कसरी विमा सम्बन्धी ज्ञान पुर्याउन सकिन्छ भन्ने बिषयमा जानकारी गराइएको बुद्धशान्ति शाखा प्रमुख ओम खतिवडाले बताए । शाखा प्रमुख भण्डारीले स्वागत गरेको कार्यक्रममा सिनियर एजेन्सी मेनेजर तथा क्लब एचिभर खिवराज दाहालले सहजीकरण गरेका थिए । कार्यक्रममा ३८ जना सक्रिय अभिकर्ताहरुको उपस्थिती रहेको एजेन्सी मेनेजर सागर रिजालले जानकारी दिए ।

कार्यक्रम बजारमा विमा व्यवसायीलाई हेर्ने गलत नजरलाई चिर्दै विमाको वास्तविक महत्व मानिसहरुसमक्ष पुर्याउन फलदायी भएको सहभागी एजेन्सी मेनेजर मिलन कोइरालाले बताए । अभिकर्ता सक्षम नभई विमितलाई विमाको वास्तविक महत्व बुझाउन नसकिने मान्यता राख्दै आएको यूनियनले कम्पनी तथा एजेन्सीको तर्फबाट तालिमहरु सञ्चालन गर्दै आएको छ । 

सम्बन्धित समाचार