२०८३ बैशाख ५ गते , शनिबार

हजुरआमाको हत्या आरोपमा नाति पक्राउ

sajilo news
परिवेश मिडिया
२०७९ जेष्ठ १२ गते , विहीबार
हजुरआमाको हत्या आरोपमा नाति पक्राउ

उदयपुर । उदयपुरको कटारी नगरपालिका-७ रिस्कुकी ७० बर्षीया मनमाया दनुवारको हत्या आरोपमा उनकै २६ बर्षीय नाती रोहित दनुवारलाई प्रहरीले पक्राउ गरेको छ ।
आज विहिबार बिहान ६ बजे हजुरआमा र नाती बिच जग्गा अंशबण्डाको बिषयमा वादबविवाद भई झगडा भएको र  रीसको आवेगमा रोहितले मनमायालाई शरिरका बिभिन्न भागमा  खुकुरीले प्रहार गर्दा उनको घटनास्थलमानै मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाका सम्बन्धमा जानकारी पाउनासाथ ईलाका प्रहरी कार्यालय कटारीबाट प्रहरी टोली खटिगई कानुनी प्रकृया पूरा गरेको र हत्या आरोपित रोहितलाई पक्राउ गरी थप अनुसन्धान भईरहेको प्रवक्ता प्रहरी नायव उपरीक्षक सन्तोष आचार्यले जानकारी दिए । 

सम्बन्धित समाचार