२०८३ बैशाख ५ गते , शनिबार

बिर्तामोडको जुवा खालबाट नगदसहित ५ जना पक्राउ

sajilo news
परिवेश मिडिया
२०७९ जेष्ठ ११ गते , बुधबार
बिर्तामोडको जुवा खालबाट नगदसहित ५ जना पक्राउ

बिर्तामोड । झापाको बिर्तामोडबाट जुवा खेलिरहेको अवस्थामा नगद १ लाख ७४ हजार ७३५ नगदसहित पाँच जना पक्राउ परेका छन ।
बिर्तामोड-५ स्थित डालकुमार राईको घरमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले पाँच जनालाई पक्राउ गरेको जनाएको छ । गोप्य सुचनाका आधारमा इलाका प्रहरी कार्यालय अनारमनीको टोलीले राईको घरबाट सूर्योदय-१० इलाम बस्ने ३० बर्षीय दिलकुमार श्रेष्ठ, घरधानी बिर्तामोड-५ का ३८ बर्षीय डालकुमार राई, ३६ बर्षीय सन्जिव घतानी, ५२ बर्षीय ससुहाङ्ग चेम्जोङ र मेचीनगर-२ का ४८ बर्षीय भुपु राईलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
नगद, ३ बुङ तास र १५ थान कौडासहित मंगलबार साँझ साढे आठ बजे पक्राउ परेकाहरुलाई इप्रका अनारमनीमा राखेर अनुसन्धान गरिरहेको जिप्रका झापाका प्रवक्ता वसन्त पाठकले जानकारी दिए । 

सम्बन्धित समाचार