२०८३ आश्विन १८ गते , आईतबार

पूर्व प्रदेश सांसदलाई हराउँदै सूर्योदयमा नेकपा एसका राई विजयी

sajilo news
परिवेश मिडिया
२०७९ जेष्ठ ७ गते , शनिबार
पूर्व प्रदेश सांसदलाई हराउँदै सूर्योदयमा नेकपा एसका राई विजयी

फिक्कल । इलामको सूर्योदय नगरपालिकाको प्रमुखमा नेकपा एकिकृत समाजवादीका उम्मेदवार रणबहादुर राई विजयी बनेका छन् । राईले नेकपा एमालेका काजिमान कागतेलाई पराजित गरेका हुन् ।

कागते प्रदेश १ प्रदेशसभा सदस्यबाट राजिनामा दिएर सूर्योदयको प्रमुखमा उम्मेदवार बनेका थिए । गठबन्धन दलको तर्फबाट उम्मेदवार बनेका राईले १२ हजार ३४१ मत ल्याउँदा कागतेले १० हजार ५७९ मत प्राप्त गरेका थिए । यो १ हजार ७६२ मतको फरक हो । राई सूर्योदयको निवर्तमान नगरप्रमुख हुन् ।

त्यस्तै उपप्रमुखमा नेपाली कांग्रेसका दुर्गाकुमार बराल विजयी भएका छन् । उनले ११ हजार ८५४ मत ल्याएका छन् भने निकटतम प्रतिद्वन्दी नेकपा एमालेकी दुर्गादेवि भट्टराईले ९ हजार १२२ मत प्राप्त गरिन् ।

 

सम्बन्धित समाचार