२०८३ बैशाख ५ गते , शनिबार
शिक्षकको पोशाकको रंग परिवर्तन
काठमाण्डौ । सामुदायिक शिक्षकहरुको विद्यालय पोशाकको रंग परिवर्तन भएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सुचना निकालेर रंग परिवर्तन गरिएको जानकारी दिएको हो ।
पहिलाको रंग परिवर्तन गरि गाढा खैरो रंग कायम गरिएको छ । अब कोट, पेन्ट र ज्याकेट गाढा निलो रंगको हुनेछ भने सर्ट (कमिज) हल्का निलो रंगको हुने बताइएको छ ।
स्वेटर कलेजी र जुत्ताको कालो रंग तोकिएको छ । साडी, ब्लाउज र कुर्ता सुरुवालको रंग भने परिवर्तन नगरिएको जनाइएको छ । परिवर्तित रंगको पोशाक यहि शैक्षिक सत्रदेखि कार्यान्वयन गर्ने पनि केन्द्रले जनाएको छ ।