२०८३ बैशाख ५ गते , शनिबार

आगामी शैक्षिक सत्रदेखि इकममा प्लस टु पढाई हुने

sajilo news
परिवेश मिडिया
२०७९ बैशाख १८ गते , आईतबार
आगामी शैक्षिक सत्रदेखि इकममा प्लस टु पढाई हुने

बिर्तामोड इष्टर्न इम्पायर कलेज अफ होटल मेनेजमेन्ट (इकम)मा आगामी शैक्षिक सत्रदेखि प्लस टु पढाई हुने भएको इकमले आज पत्रकार सम्मेलन गरेर कलेजले आउने शैक्षिक सत्रदेखि तीन वटा बिषयमा प्लस टुका कक्षा सञ्चालन गर्न लागेको जानकारी दिएको हो

बिर्तामोडको इलाम स्टेण्डमा सञ्चालन हुँदै आएको कलेज नयाँ पञ्चाकन्या प्लटिङको शिवलय मन्दिरको उत्तरपटि सरेको नयाँ आधुनिक संरचना रहेको भवनबाट कलेजले वातानुकुलित कक्षामा पठन पाठन गर्ने कलेजका प्रमुख कार्यकारी अधिकृत आलोक कार्कीले जानकारी दिए प्लस टुमा विजिनेस स्टडिज, कम्प्युटर साइन्स होटल म्यानेजमेन्टका कक्षा सञ्चालन गर्न लागिएको उनले बताए

२०७१ सालमा स्थापित कलेजले होटल म्यानेजमेन्ट सम्बन्धि विदेशी डिग्री एड्भान्स डिप्लोमा कक्षा सञ्चालन गर्दै आएको सञ्चालक मध्येका एक शसांक पुरीले जानकारी दिए एसइइ पश्चातपनि पढ्न मिल्ने गरी कलेजले ड्वायल कोर्षपनि सञ्चालन गरिरहेको सिइओ कार्कीले जानकारी दिए इकममा एड्भान्स डिप्लोमा कोर्ष गरेका विद्यार्थीले विदेशी कलेजमा क्रेडिटको ट्रान्सफर पाउनेपनि उनले बताए उनका अनुसार एड्भान्स डिप्लोमा इकममा अध्ययन गरेका विद्यार्थीले विदेशी कलेजमा व्याचलरको दोस्रो बर्षदेखि अध्ययन गर्न सक्नेछन्

कलेजले पढाईको अतिरिक्त विद्यार्थीहरुको इच्छा क्षमता अनुसारका सीपमुलक तालिम तथा खेलकुदसमेत सिकाउने गरेको बजार प्रतिनिधी प्रनिल चौहानले जानकारी दिए

कार्यक्रममा कलेजले पढाइका अतिरिक्त जब प्लेसमेन्टसमेत गरिदिने जानकारी दिइयो सिइओ कार्कीले गएको बर्षसम्म कलेजले ३१० जना विद्यार्थीलाई जागिरमा लगाई सकेको जानकारी दिए इकममा अध्ययन गरेका विद्यार्थी अष्ट्रेलिया, अमेरिका लगायतका देशहरुमा उच्च शिक्षाका लागि जाने गरेको कार्कीले बताए इकममा अध्ययन गरेका विद्यार्थीहरु कोर्षका अतिरिक्त प्रस्तुतीकरण लगायतका सीपमा समेत दक्ष हुने भएकाले विदेशी कलेजमा गएरसमेत राम्रो गर्न सक्ने कार्कीले दाबी गरे इकममा दक्ष प्राध्यापक सुविधासम्पन्न भौतिक पूर्वाधार, वातानुकुलित कक्षा भएपनि शुल्क भने अन्य कलेजको भन्दा बढी नहुने उनले बताए  

सम्बन्धित समाचार