२०८३ बैशाख ५ गते , शनिबार
लागुऔषध मुद्धाका फरार प्रतिवादी ६८ महिनापछि पक्राउ
बिराटनगर । लागुऔषध मुद्धामा लामो समयदेखि फरार रहँदै आएका प्रतिवादी पक्राउ परेका छन् । प्रहरीले धरान उपमहानगरपालिका १९ का ३६ बर्षीय सुरज भनिने सरोजलाईलाई पक्राउ गरेको हो ।
१ नम्वर प्रदेश प्रहरी कार्यालय बिराटनगरको र्यापिड रेस्पोन्स टीमले राईलाई पक्राउ गरेको जनाएको छ । राईलाई लागुऔषध मुद्धामा उच्च अदालत बिराटनगरले २०७३ भदौ ५ गते फैसला गर्दै १ बर्ष १० महिना २७ दिन कैद र १ लाख रुपैँया जरिवाना तोकेको थियो । पक्राउ परेका राईलाई सम्मानित सुनसरी जिल्ला अदालतबाट कैद भुक्तानको लागि झुम्का कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।