२०८३ आश्विन १७ गते , शनिबार

जेएसएल जित्ने कसरतमा बोस्टन व्लाष्टर्स

sajilo news
परिवेश मिडिया
२०७९ बैशाख १ गते , विहीबार
जेएसएल जित्ने कसरतमा बोस्टन व्लाष्टर्स

बिर्तामोड । झापाको मेचीनगरमा आयोजना हुन लागेको झापा सुपर लिग (जेएसएल) क्रिकेट प्रतियोगितामा सफलता हात पार्न बिर्तामोडस्थित बोस्टन ब्लाष्टर्स लागि परेको छ । आफ्नो टिमलाई मजबुत बनाउन व्लाष्टर्सले राष्ट्रिय खेलाडी करण केसीलाई समेत आफ्नो टिममा समावेश गरेको छ ।

सुरज खड्काको कप्तानीमा रहेको बोस्टन ब्लाष्टर्सले झापाबाट अण्डर नाइन्टिनको प्रतिनिधीत्व गरिसकेका मिनास थापा, विधान गोश्वामीलाई समेत आफ्नो टिममा ल्याएको हेड कोच विनित बास्तोलाले जानकारी दिए । टिमलाई मजबुत बनाउन बोस्टन ब्लाष्टर्स लागिपरेको हो । खेलाडीहरुको मनोबल उच्च राख्न स्तरीय होटलको प्रबन्ध गरिएको टिम कोअर्डिनेटर बाप्पा शाहले बताए । बोस्टन व्लाष्टर्सको इभेन्ट कोअर्डिनेटर विशाल अग्रवाल र टिम म्यानेजर रुपेश मादेन रहेका छन् ।

बोस्टन व्लाष्टर्स यस अघि झापाको कचनकवल प्रिमियर लिग, इलामको देउमाई, विराटनगरको मिल्स क्रिकेट क्लबको आयोजना र प्रथम गुँरास कप विराटनगरमा भएको खेलसमेत जितेको क्लब हो । टिमका हेड कोच बास्तोला पूर्व राष्ट्रिय खेलाडी हुन् भने बिसिसिआईबाट लेभल ‘ए’ सर्टिफाइड कोच हुन ।

झापा सुपर लिग मेचीनगरको लर्डबुद्ध एकेडेमीले आयोजना गर्न लागेको हो । लिगमा ५ वटा टिम सहभागी हुने बताइएको छ ।     

सम्बन्धित समाचार