२०८३ आश्विन १७ गते , शनिबार

झापामा चट्याङले लागेर महिलाको मृत्यु

sajilo news
परिवेश मिडिया
२०७८ चैत्र २७ गते , आईतबार
झापामा चट्याङले लागेर महिलाको मृत्यु

बिर्तामोड । झापाको गौरादह नगरपालिका–५ मा चट्याङले लागेर एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा गौरादह नगरपालिका–५ कि ४० बर्षीया मनमाया थापा रहेको प्रहरीले जनाएको छ ।

आज दिउँसो १ बजे घर नजिकै काम गरिरहेको अवस्थामा हावाहुरी र पानीसँगै परेको चट्याङले लागेर घाईते भएकि थापालाई उपचारका लागि अस्पताल लैजाने क्रममा  बाटैमा मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको हो ।

सम्बन्धित समाचार