२०८३ बैशाख ५ गते , शनिबार

आर्थिक प्रलोभनमा प्याब्सन, निजी विद्यालयको पुस्तकमा सिण्डीकेट लगाएको आरोप

sajilo news
परिवेश मिडिया
२०७८ चैत्र २५ गते , शुक्रबार
आर्थिक प्रलोभनमा प्याब्सन, निजी विद्यालयको पुस्तकमा सिण्डीकेट लगाएको आरोप

बिर्तामोड निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) झापालाई विद्यालयमा पढाइ हुने पुस्तकमा सिण्डीकेट खडा गरेको गम्भिर आरोप लागेको सिमित प्रकाशकहरुको आर्थिक प्रलोभनमा परि विद्यालयमा पुस्तक अनिवार्य गरेको आरोप लागेको हो

शुक्रबार झापाको बिर्तामोडमा कार्यक्रम नै गरेर  नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ झापा शाखाले प्याब्सन झापाले सिमित प्रकाशकको मात्र पुस्तक विद्यालयमा लगाएकोमा आपत्ति जनाएको पुस्तक प्रकाशन गृहले झापाका विद्यालयमा आफ्नो प्रकाशन गृहको पुस्तक लगाउनका लागि प्याब्सनलाई २५ हजार रुपैँया दिनु पर्ने अन्यथा त्यो प्रकाशनको पुस्तक प्याव्सनले सुचीमा नराख्ने नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ झापा शाखाका अध्यक्ष सञ्जय शर्मा सापकोटाले बताए झापामा करिब दर्जन बढी प्रकाशन गृहले प्याब्सनलाई त्यो रकम बुझाएर व्यापारका लागि सुचिकृत गरेको उनको भनाई त्यो रकम नबुझाउने प्रकाशन गृहलाई मार्केटिङका लागि विद्यालयमा जान नै प्याब्सनले बन्देज लगाएको सापकोटाले बताए

प्याब्सन झापाले संगम प्रकाशनको विज्ञान वेदान्त प्रकाशनको गणित पुस्तकमात्र विद्यालयलाई सिफारिस गरेको प्याब्सनले संगम प्रकाशन बाहेकको विज्ञान वेदान्त प्रकाशन बाहेकको गणित पुस्तक पढाउन विद्यालयलाई बन्देज गरेको हो यो बिषयमा छलफल गर्न प्याव्सन झापालाई पटक पटक पत्राचार तथा सम्पर्क गर्दापनि छलफलका लागि नआएको सापकोटाले बताए पाठ्यक्रम विकास केन्द्रले सुचिकृत गरेको पुस्तक विद्यालयले छान्न पाउनु पर्ने उनले माग गरे उनका अनुसार विद्यालयले गुणस्तर मूल्य अनुसार पुस्तक छान्न पाउनुपर्नेमा प्याव्सनले त्यो हुन नदिएको हो प्याव्सन तथा एनप्याब्सनले कुनै प्रकाशनलाई काखी च्याप्न नहुने बताए

कार्यक्रममा बोल्दै नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघका केन्द्रिय सदस्य फडिन्द्र न्यौपानेले पाठ्यक्रम विकास केन्द्रले मान्यता दिएको पुस्तक विक्री गर्न प्याव्सनले सिण्डीकेट खडा गरेर अवरोध गर्नु गैर कानूनी भएको बताए

त्यस्तै अभिमावक संघका सचिव रुद्र सिटौलाले राजनीतिक आडमा शैक्षिक भ्रष्टाचार हुने गरेको भन्दै त्यसलाई रोक्न सबैले खबरदारी गर्नु पर्नेमा जोड दिए विद्यालयहरुले पनि नाकबाट पनि खाने, मुखबाट पनि खानेजस्ता काम बन्द गर्न आग्रह गरे विद्यालय सञ्चालकले पनि संविधान कानूनको परिधिमा रहेर सञ्चालन गर्न सिटौलाले अनुरोध गरे प्याव्सनको यो सिण्डिकेट लगाउने कार्यप्रति अभिभावकपनि जागरुक हुनुपर्ने उनको धारणा थियो

जिल्ला शिक्षा समन्वय इकाईका प्रमुख राजकुमार विश्वकर्माले विद्यालयले पाठ्यक्रम विकास केन्द्रले सिफारिस गरेको पुस्तक लगाउन पाउने जानकारी दिए प्रमुख विश्वकर्माले पाठ्यपुस्तक विक्रेताले पनि पुराना स्टकको पुस्तकमा मूल्यसूची मेटेर विक्री गर्ने गरेको भन्दै त्यस्तो काम बन्द गर्न अनुरोध गरे उनले नयाँ पुस्तकमा कतिपय तथ्याङ्कहरु नयाँ आउने भएकाले पुराना किताबका कारण त्रुटी हुने बताए

प्याव्सन झापाका अध्यक्ष गौरीमान फागोसँग सम्पर्क गर्दा सम्पर्कमा आउन चाहेनन्

सम्बन्धित समाचार