२०८३ बैशाख ५ गते , शनिबार

खाद्य स्वच्छता तथा गुणस्तर अभिवृद्धि सम्बन्धी गोष्ठी सम्पन्न

sajilo news
परिवेश मिडिया
२०७८ चैत्र २५ गते , शुक्रबार
खाद्य स्वच्छता तथा गुणस्तर अभिवृद्धि सम्बन्धी गोष्ठी सम्पन्न

बिर्तामोड झापामा खाद्य स्वच्छता तथा गुणस्तर अभिवृद्धि सम्बन्धी गोष्ठी शुक्रबार सम्पन्न भएको बिर्तामोडको आदर्श व्याङ्क्वेटमा खाद्य उद्योगी/व्यवसायीहरुको उपस्थितीमा गोष्ठी सम्पन्न भएको हो

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय झापाको आयोजना तथा बेकरी उद्योग व्यवसायी संघको सहआयोजनामा भएको कार्यक्रममा कार्यालयका प्रमुख खाद्य अनुसन्धान अधिकृत भरतबहादुर पुरीले खाद्य ऐन २०२३ तथा मौजुदा कानूनका बिषयमा सहभागीलाई जानकारी गराएका थिए पुरीले खाद्यवस्तुमा लगाइने लेबल सम्बन्धि विवरणका बारेमा प्रस्तुती दिएको कञ्चन बेकरी उद्योगका दिनेश अधिकारीले बताए बजारमा खाद्यवस्तु सम्बन्धि जानकारी लिन कार्यालयले समय समयमा संयुक्त अनुगमन समितिसँग मिलेर बजार अनुगमन गर्ने गरेको बताए

कार्यक्रमका अर्का सहजकर्ता खाद्य आयातनिर्यात गुणस्तर प्रमाणिकरण कार्यालय काँकरभिट्टाका खाद्य अनुसन्धान अधिकृत सुवासचन्द्र रेग्मीले पाउरोटी उत्पादन प्रविधि, सरसफाई, गुणस्तर मापदण्ड आदिका बिषयमा जानकारी गराएका थिए उनले उत्पादन प्रक्रियामा गरिने समिश्रणले उत्पादित वस्तुमा पार्ने प्रभावका बारेमा पनि जानकारी गराएको सहभागी नेहा स्नेहा बेकरीका सञ्चालक नवा अधिकारीले बताइन् रेग्मीले खाद्य वस्तुमा टाँसिने लेवलमा खाद्य पदार्थको नाम, तौल वा आयातन, व्याच नम्बर, उत्पादन उपभोग्य मिति उल्लेख गर्नुपर्ने बताए

बेकरी उद्योग व्यवसायी संघ तदर्थ समितिका अध्यक्ष तथा सिर्जना बेकरी तथा आइसक्रिम उद्योग भद्रपुरका सञ्चालक नरबहादुर गिरीले लेबलिङ नगरेका खाद्य वस्तु आयातमा सम्बन्धित निकायले कडाई गर्नुपर्ने माग गरे गिरीले व्यवसाय सञ्चालनमा राज्यले सहयोग गर्नुपर्ने धारणा व्यक्त गरे बजार अनुगमनमा कडाई गर्नुपर्ने बताउँदै गिरीले दर्ता बिनाका उद्योगबाट उत्पादित खाद्य वस्तु बिक्री बितरणमा रोक लगाउनु पर्ने बताए खाद्यवस्तुको सेवनमा उपभोक्ता स्वयमपनि सचेत हुनुपर्ने गिरीको भनाई  

 

सम्बन्धित समाचार