२०८३ बैशाख ५ गते , शनिबार

मेगा बैक काँकडभिट्टा शाखाले दियो विपन्न दुई छात्रालाई छात्रवृत्ति

sajilo news
परिवेश मिडिया
२०७८ चैत्र २३ गते , बुधबार
मेगा बैक काँकडभिट्टा शाखाले दियो विपन्न दुई छात्रालाई छात्रवृत्ति

मेचीनगर मेगा बैक नेपाल लिमिटेड काँकडभिट्टा शाखाले मेचीनगर नगरपालिकाका दुई विद्यालयका छात्राहरुलाई छात्रवृत्ति प्रदान गरेको बैकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत छात्रवृत्ति प्रदान गरेको हो

बैंकले मेचीनगर बौद्धमोडस्थित श्री मेचीजनसाधारण माध्यमिक विद्यालयमा कक्षा मा अध्ययनरत छात्रा विद्या तामाङ मेचीनगर सरस्वती टोलस्थित सरस्वती आधारभूत विद्यालयमा कक्षा मा अध्ययनरत छात्रा बिनिता तामाङलाई छात्रवृत्ति प्रदान गरेको बैंकका शाखा प्रमुख मोहनप्रसाद अर्यालले जानकारी दिए बैंकले विद्यार्थीलाई प्रति व्यक्ति ११ हजार रुपैँयाका दरले छात्रवृत्ति प्रदान गरेको हो

बुधबार विद्यालयमा आयोजित कार्यक्रममा बोल्दै मेचीजनसाधारण विद्यालयका प्रधानाध्यापक चन्द्रशेखर गुरागाईले बैकले आफ्नो बिद्यालयकी छात्रालाई प्रदान गरेको आर्थिक सहयोग सो परिवारको लागि अत्यन्त आवश्यक रहेको भन्दै सो रकम छात्राको अध्ययनमा नै खर्च गर्न अभिभावकलाई आग्रह गरे विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष भिमलाल काफ्ले, प्रधानाध्यापक गुरागाई मेगा बैक काँकरभिट्टा शाखा प्रबन्धक अर्यालले विद्यार्थीको अभिभावकलाई छात्रवृत्ति हस्तान्तरण गरेको विद्यालयका शिक्षक बलराम बाँस्तोलाले जानकारी दिए

त्यसैगरी वुधबार नै लक्ष्मी प्रावि काकडभिट्टामा अध्ययनरत छात्रा बिनिता तामाङ्गलाई पनि छात्रवृत्ति हस्तान्तरण गरिएको थियो विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष नबिन नौमुनी राई तथा विद्यालयका प्रधानाध्यापक हरिशचन्द्र गिरीले मेगा बैकले प्रदान गर्ने यस्तो प्रकृतिको छात्रबृत्तिको प्रशंसा गर्दै बैकलाई धन्यबाद दिनुभयो   आफ्नी छोरीले बैँकले प्रदान गरेको छात्रवृत्ति आफ्ना विद्यार्थीले प्राप्त गर्न सफल भएकोमा खुशी ब्यक्त गरे प्राप्त रकम छोरीकै शिक्षाको लागि खर्च गर्ने छात्राकी आमा प्रमिला तामाङ्गले बताइन्

आर्थिक अवस्था कमजोर भएका विपन्न परिवारका छोरीहरुको उज्वल भविष्यलाई सुनिश्चित गर्ने प्रयास स्वरुप बैकलेशिक्षा नै ज्योति अभियानअन्तर्गत प्रत्येक शाखाबाट / जना छात्राहरुलाई आर्थिक सहयोगको ब्यवस्था गरेको शाखा प्रमुख अर्यालले जानकारी दिए अर्यालका अनुसार बैकले विपन्न वर्ग, शारीरिक अशक्तता, अभिभावक गुमाएका वा अपाङ्गता भएका, सिमान्तकृत वर्गका, कमजोर आर्थिक अवस्था भएका, बालश्रमिक, प्राकृतिक प्रकोप प्रभावित द्धन्दपिडित परिवारका छात्राहरु मध्येबाट छनौट गरी आर्थिक सहयोग प्रदान गर्ने गरेको बैकले यो अभियान २०७६ सालको शैक्षिक शत्रबाट सञ्चालन गर्दै आएको बताइर्एको

 

सम्बन्धित समाचार