२०८३ बैशाख ५ गते , शनिबार

पवित्रा–भेषराज खतिवडा स्मृति प्रतिष्ठानद्वारा चापागाईँ पुरस्कृत

sajilo news
परिवेश मिडिया
२०७८ चैत्र १९ गते , शनिबार
पवित्रा–भेषराज खतिवडा स्मृति प्रतिष्ठानद्वारा चापागाईँ पुरस्कृत

बुधबारे झापाको मेचीनगर स्थित आदर्श माध्यमिक विद्यालयका शिक्षक प्रतिमा चापागाईँ पुरस्कृत भएकी छिन् चापागाईँलाई पवित्राभेषराज खतिवडा स्मृति प्रतिष्ठानले पुरस्कृत गरेको हो

झापाको बुद्धशान्तिमा रहेको प्रतिष्ठानले शनिबार एक कार्यक्रमको आयोजना गरी पवित्राभेषराज खतिवडा स्मृति सर्वोत्कृष्ट शिक्षक पुरस्कार २०७८द्वारा चापागाईँलाई सम्मान तथा पुरस्कृत गरेको हो प्रतिष्ठानले चापागाईँलाई नगद १० हजारसहित सम्मान तथा पुरस्कृत गरेको इलामको इरौँटार तथा झापा निर्वाचन क्षेत्र नम्बर मा अवस्थित सामुदायिक विद्यालयहरु मध्येमा विद्यालयको चौतर्फी विकास एवम् गुणस्तरीय बनाउन योगदान दिने सर्वोत्कृष्ट शिक्षकलाई प्रतिष्ठानले पुरस्कृत गर्ने गरेको प्रतिष्ठानका अध्यक्ष छविलाल खतिवडाले जानकारी दिए

चापागाईँ २०६० सालबाट शिक्षण पेशामा आवद्ध छिन् इलामको लोक्साङस्थित पूर्णज्योति प्राविबाट शिक्षण आरम्भ गरेकी चापागाईँ सत्यनारायण प्रावि इलाम, सिद्धेश्वरी आधारभूत विद्यालय बरबोटे इलाम हुँदै पछिल्लो दुई बर्षदेखि मेचीनगर स्थित आदर्श माविमा अध्यापनरत छिन्     

सम्बन्धित समाचार