२०८३ आश्विन १७ गते , शनिबार

सुन भन्दै धातुसँग गहना साटेको आरोपमा एक जना पक्राउ

sajilo news
परिवेश मिडिया
२०७८ चैत्र १८ गते , शुक्रबार
सुन भन्दै धातुसँग गहना साटेको आरोपमा एक जना पक्राउ

बिर्तामोड । झापाको बिर्तामोडबाट ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । प्रहरीले बाह्रदशी–६ घर बताउने ४१ बर्षीय राजु खड्कालाई पक्राउ गरेको हो ।

बिर्तामोड–४ की ६४ बर्षीया रेनुका शिवाकोटीको उजुरीको आधारमा खड्कालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख प्रहरी नायव उपरीक्षक सन्तोष आचार्यले जानकारी दिए । चैत्र १५ गते खड्काले १० तोला सुनको बिस्कुट भन्दै झुक्याएर धातुसँग शिवाकोटीको सुनको सिक्री साटेर फरार भएको आरोप छ । खड्कालाई अर्जुनधारा ११ स्थित नयाँ बसपार्कबाट आइएनडी एसके०१पीसी५००२ नम्बरको भारतीय कारमा बसिरहेको अवस्थामा पक्राउ गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

 

सम्बन्धित समाचार