मेगा बैंकद्वारा विद्यार्थीका लागि वित्तीय साक्षरता कक्षा सञ्चालन
काँकरभिट्टा । काँकरभिट्टा माविमा वित्तीय साक्षरता कक्षा सञ्चालन भएको छ । मेगा बैंक नेपाल लिमिटेड काँकरभिट्टा शाखाको सहजीकरण र अनेरास्ववियू काँकरभिट्टा माविको आयोजनामा एक दिने साक्षरता कक्षा सञ्चालन भएको हो ।
विद्यार्थीलाई वित्तीय कारोबारसम्बन्धि ज्ञान दिने उद्धेश्यले मेगा बैंकले मेचीनगर–६ स्थित काँकरभिट्टा माविमा अध्ययनरत् विद्यार्थीका लागि कक्षा सञ्चालन गरेको बैंकका काँकरभिट्टा शाखा प्रमुख मोहनप्रसाद अर्यालले जानकारी दिए ।
कार्यक्रममा शाखा प्रमुख अर्यालले मेगा बैंकका सेवा, सुविधा, बचत गर्ने तरिका र लाभ, कर्जा प्रक्रिया, दैनिक जीवनमा बैंकको महत्वका साथै शेयर मार्केटका बिशेषताका बारेमा जानकारी दिइएको बताए । अर्यालका अनुसार विद्यार्थीलाई वित्तीय साक्षरता र वित्तीय जागरण, आर्थिक समृद्धिका लागि बैंकिङ सेवाको महत्व लगायतका विषयमा समेत जानकारी दिइएको थियो ।
कार्यक्रममा प्रमुख अथिति अशेष घिमिरेले विद्यार्थीलाई वित्तीय सारक्षता सम्बन्धि ज्ञान प्रदान गरेकोमा मेगा बैंक नेपाल काँकरभिट्टा शाखालाई धन्यवाद दिएका थिए ।