२०८३ बैशाख ६ गते , आईतबार

कपडा पसलमा शिलबन्दी गरेको विरोधमा व्यवसायीद्वारा मुक्ति चोकमा अवरोध

sajilo news
परिवेश मिडिया
२०७८ चैत्र १७ गते , विहीबार
कपडा पसलमा शिलबन्दी गरेको विरोधमा व्यवसायीद्वारा मुक्ति चोकमा अवरोध

बिर्तामोड राजस्व अनुसन्धान कार्यालयले बिर्तामोडको कपडा पसलमा शिलबन्दी गरेको विरोधमा व्यवसायीले बिर्तामोडको मुक्ति चोकमा अवरोध गरेका छन् बिर्तामोड उद्योग वाणिज्य संघको अगुवाईमा व्यवसायीले विहिबार दिउँसो सडक अवरोध गरेका हुन्  

राजस्व अनुसन्धान कार्यालय इटहरीले बिर्तामोडको शनिश्चरे रोडस्थित शाह कपडा पसलमा विहिबार शिलबन्दी गरेको कार्यालयले राजश्व चुवाहट भएको भन्दै पसलमा खानतलासी गरेको थियो वुधबार पसलमा आएका कार्यालयका कर्मचारीले एक हप्ता भित्रमा आवश्यक कागजातसहित उपस्थित हुन भनेर पत्र काटेर गएको तर विहिबार सञ्चालक नभएको अवस्थामा छापामार शैलीमा शिलबन्दी गरेको भन्दै व्यवसायी आक्रोशित बनेका छन् कानून सम्बत ढंगले अनुसन्धान गर्नुपर्नेमा छापामार शैलीमा व्यवसाय नै बन्द गराउने मनसायले शिलबन्दी गरेकाले व्यवसायी आन्दोलनमा उत्रन बाध्य हुनुपरेको बिर्तामोड उद्योग वाणिज्य संघका महासचिव अर्जुन मैनालीले जानकारी दिए लकडाउनको मारमा रहेको व्यवसायीलाई थप मारमा पार्ने राज्यको यस्ता हर्कत बन्द गरिनुपर्ने मैनालीले बताए

अघिल्लो दिन आएर एक हप्तामा उपस्थित हुनु भन्दै पत्र दिएर गएको कर्मचारी भोलिपल्टै आएर छापामार शैलीमा पसलमा शिल गरेको कर्मचारीसँग बुझ्न खोज्दा एकाएक भागेको मैनालीको आरोप हामी छलफल गर्न चाहन्थ्यौँ,’ महासचिव मैनालीले भने,‘तर कर्मचारीहरु अपराधी झैँ एकाएक गुटुटु भागे

चोकमा सडक अवरोध भएपछि लामो समय सवारीसाधन सडक मै रोकिएका थिए भने केहि सवारी भित्री सडक भएर आवात जावत गरेका थिए  

सम्बन्धित समाचार