२०८३ बैशाख ५ गते , शनिबार

बिर्तामोडमा तीन दिने उद्यमशील तालिम हुने

sajilo news
परिवेश मिडिया
२०७८ चैत्र १६ गते , बुधबार
बिर्तामोडमा तीन दिने उद्यमशील तालिम हुने

बिर्तामोड झापाको बिर्तामोडमा तीन दिने उद्यमशील तालिम सञ्चालन हुने भएको ड्रिम्स वर्ल्ड इन्टरटेण्टमेन्ट प्रालिले युवा लक्षित उद्यमशील तालिम उर्जा ट्रेनिङ फर इन्टरप्रेनरशिप को आयोजना गर्न लागेको हो

उद्यमशीलता तर्फ युवाहरुको चासो बढेको वृहत ज्ञान दिएर अवसरको ढोका खोल्ने उद्धेश्यले उद्यमशील तालिम सञ्चालन गर्न लागिएका प्रालिका प्रबन्ध निर्देशक प्रनित पुडाशैनीले बताए पुडाशैनीका अनुसार तालिमलाई व्यवसायी तथा नायक सन्जोक कोइराला, मोटिभेसनल स्पीकर रोहित मल्ल, सामाजिक उद्यमी प्रकृति मैनालीले सहजीकरण गर्ने छन् भने चर्चित र्यापर बालेन शाहसँगको बिशेष कार्यक्रम रहने तालिममा कमेडियन सुमन कार्कीको समेत प्रस्तुती रहने बताइएको

कार्यक्रममा झापा तथा आसपासका जिल्लाका करिब पाँच सय युवालाई सहभागी गराइने आयोजकले जनाएको विद्यालयको सिफारिसमा एउटा विद्यालयबाट १० जना विद्यार्थीसम्मलाई प्रवेश शुल्क बापत तीन दिनको पाँच सय रुपैँया अन्यलाई एक हजार रुपैँया खाजा खर्च बापत लिइने प्रबन्ध निर्देशक पुडाशैनीले जानकारी दिए तालिममा युवाहरुलाई स्वदेशमै केहि गर्न सकिन्छ भन्ने प्रेरणा दिँदै समय सान्दर्भिक के कस्ता व्यवसाय गर्न सकिन्छ भनेर ज्ञान प्रदान गरिने पुडाशैनीले बताए पुडाशैनीका अनुसार तालिममा शुरुवाती व्यवसाय के हो, कसरी गर्न सकिन्छ भन्ने जानकारी दिनुका साथै शेयर बजारका आधारभूत ज्ञान समेत प्रदान गरिने तालिम चैत्र २० देखि २२ गतेसम्म चारपानेस्थित पर्शुराम पार्टी प्यालेसमा आयोजना हुने बताइएको

इभेन्ट मेनेजमेन्टबाट व्यवसाय शुरु गरेको ड्रिम्स वर्ल्ड इन्टरटेण्टमेन्ट प्रालिलाई ग्रुप अफ कम्पनीको रुपमा स्थापित गराउन सटर्डे स्कुल, रेष्टुरेण्ट, फुड डेलिभरी अनलाइन प्लेटफर्म, अनलाइन टिभी, बटुवा कमर्श लगायत १० वटा व्यवसाय सञ्चालन गरिरहेको भविष्यमा इलामको कन्याममा डोको नामक रिसोर्ट सञ्चालनको तयारी गरिरहेको कम्पनीले जनाएको

 

 

सम्बन्धित समाचार