२०८३ आश्विन १७ गते , शनिबार

मृगौला, क्यान्सर र मेरुदण्ड पक्षघातका बिरामीले मासिक भत्ता पाउने बाटो खुल्यो

sajilo news
परिवेश मिडिया
२०७८ चैत्र १६ गते , बुधबार
मृगौला, क्यान्सर र मेरुदण्ड पक्षघातका बिरामीले मासिक भत्ता पाउने बाटो खुल्यो

काठमाडौं । मिर्गौला प्रत्यारोपण गरेका, क्यान्सर र मेरुदण्ड पक्षघातका बिरामीले मासिक भत्ता पाउने बाटो खुलेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको चैत १३ को मन्त्रीस्तरको सो रकम उपलब्ध गराउन कार्यविधि बनाएसँगै यस्ता बिरामीले मासिक भत्ता पाउने बाटो खुलेको हो । त्यस्ता बिरामीले मासिक ५ हजार भत्ता पाउनेछन् ।

‘नीति तथा कार्यक्रममा मिर्गौला प्रत्यारोपण गरेका, क्यान्सर र मेरुदण्ड पक्षघातका बिरामीलाई मासिक ५ हजार दिने भनेर उल्लेख गरिएको थियो । तर, कार्यविधि बनेको थिएन । अहिले कार्यविधि तयार भएसँगै भत्ता पाउने बाटो खुलेको हो,’ स्वास्थ्यमन्त्रीका विज्ञ सल्लाहकार डा। रमेश ढकालले भने ।

अबदेखि प्रत्यारोपण गरेका, डायलाइसिस गराइरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघातका बिरामीले औषधि उपचारबापत मासिक ५ हजार पाउनेछन् ।

देशभरका ७५३ स्थानीय तहलाई उक्त कार्यविधि अनुसार रकम उपलब्ध गराउन मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखाले पत्राचार गरेको छ 

सम्बन्धित समाचार