२०८३ बैशाख ५ गते , शनिबार

टाइफाइड विरुद्धको खोप चैत्र २५ देखि लगाइने

sajilo news
परिवेश मिडिया
२०७८ चैत्र १४ गते , सोमबार
टाइफाइड विरुद्धको खोप चैत्र २५ देखि लगाइने

काठमाण्डौ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाउने भएको छ ।  मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीका अनुसार देशभरि नै एक वर्ष तीन महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई आगामी चैत २५ देखि वैशाख १८ गतेसम्म टाइफाइड विरुद्धको खोप लगाइने भएको हो । 
मन्त्रालयले अभिभावकलाई नजिकैको खोप केन्द्रमा गई सो खोप लगाउनका लागि आग्रह गरेको छ । उक्त अभियानमा बालबालिकालाई एक मात्रा टाइफाइड विरुद्धको खोप प्रदान गरिने छ । उनले यस अभियान पश्चात अबदेखि नियमित खोप कार्यक्रममा टाइफाइड खोप पनि समावेश गर्ने जनाकारी दिए । 

सम्बन्धित समाचार