२०८३ बैशाख ६ गते , आईतबार

मनाङ् मर्स्याङ्दी दमक गोल्डकपको सेमिफाइनलमा प्रवेश

sajilo news
परिवेश मिडिया
२०७८ चैत्र ११ गते , शुक्रबार
मनाङ् मर्स्याङ्दी दमक गोल्डकपको सेमिफाइनलमा प्रवेश

दमक झापाको दमकमा जारी दमक गोल्डकपको शुक्रबार भएको खेलमा मनाङ् मर्स्याङ्दी क्बल सेमिफाइनल प्रवेश गरेको शुक्रबार भएको पहिलो क्वाटरफाइनल खेलमा बागमती युवा क्लबलाई गोलअन्तरले पराजित गर्दै मनाङले सेमिफाइनल प्रवेश गरेको हो

दमक खेलकुद विकास समितिको आयोजनामा भएको गोल्डकपको शुक्रबारको खेलमा मनाङको जितका लागि अफिज ओलावलेले दुई गोल, रुपेश केसीले एक गोल गरे एक गोल भने मनाङले आत्मघाती उपहार पायो बागमतीका लागि विमल घिसिङ जोमाउलले गोल गरे

खेलमा सुरुवाती अग्रता मनाङले लिएको थियो खेलको १४ मिनेटमा मनाङका ओलावलेले गोल गरे तर, मनाङको अग्रतालाई बागमतीले धेरै समय कायम रहने दिएन खेलको २७ औँ मिनेटमा बागमतीका विमल घिसिङले गोल फर्काएर खेललाई बराबरीमा ल्याए पहिलो हाफ एक/एकको बराबरीमा टुंगिएको थियो

दोस्रो हाफको सुरुवाती समयमा भने बागमतीले निकै आक्रमक खेल खेल्यो ५३ औँ मिनेटमा जमाउलले गोल गर्दै बागमतीलाई अग्रता दिलाए तर, उसले अग्रता भने कायम राख्न सकेन खेलको ६७ औँ मिनेटमा मनाङले आत्मघाती गोलको उपहार पायो बल क्लियर गर्ने क्रममा बागमतीका सिलोमार्टिनले आत्मघाती गोल गरे खेलको ७० औँ मिनेटमा मनाङका कप्तान विमल रानाको पासमा ओलावलेले गोल गर्दै मनाङलाई अग्रता दिलाए खेलको ८१ औँ मिनेटमा मनाङका लागि रुपेश केसीले गोल गरे बागमतीका गोलरक्षक मनोज प्रधानबाट रिवाउन्स भएको बललाई उनले गोलमा परिणत गरेका थिए

शुक्रबारको खेलको म्यान अफ दि म्याच विजेता टिमका अफिज ओलावले घोषित भए उनले नगद दश हजार रुपैयाँ पाए शनिबारको दोस्रो क्वाटरफाइनल खेल गोर्खा ब्वाइज पुलिस क्लब भारतबीच हुने आयोजक समितिका खेल संयोजक मोहन मगरले जानकारी दिए

  

सम्बन्धित समाचार