२०८३ आश्विन १७ गते , शनिबार

सवारी ज्यान मुद्धाका फरार अभियुक्त ३३ महिनापछि पक्राउ

sajilo news
परिवेश मिडिया
२०७८ चैत्र १२ गते , शनिबार
सवारी ज्यान मुद्धाका फरार अभियुक्त ३३ महिनापछि पक्राउ

बिर्तामोड । सवारी ज्यान मुद्धाका फरार अभियुक्त ३३ महिनापछि पक्राउ परेका छन् । प्रहरीले हल्दिबारी ५ झापाका ३७ बर्षीय हेमकुमार फागुलाई पक्राउ गरेको हो ।

फागुलाई जिल्ला अदालत झापाले २०७६ साल असार ३० गते सवारी ज्यान मुद्धामा दोषी ठहर गर्दै तीन महिना कैद तोकेको थियो । फरार फागुलाई जिल्ला प्रहरी कार्यालय झापाको टोलीले नियन्त्रणमा लिइ चैत्र ११ गते गते झापा जिल्ला अदालतमा उपस्थित गराएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता वसन्त पाठकले जानकारी दिए । पक्राउ परेका फागुको पीसीआर परिक्षण गरिएको र रिपोर्ट नेगेटिभ आएपछि कारागार कार्यालय चन्द्रगढी पठाइने प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार